×

चितवन सेरोफेरो

चर्चित नेता देवी ज्ञवाली भूमि आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै  सर्वोच्चमा

चर्चित नेता  देवी ज्ञवाली भूमि आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै  सर्वोच्चमा
काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै विघटित आयोगका अध्यक्ष देवी ज्ञवाली रिट लिएर आफैं सर्वोच्च अदालत गएका छन् । यो मौलिक हकविरुद्ध रहेको भन्दै ज्ञवालीले उत्प्रेषणको आदेशबाट निर्णय बदर गर्न माग गरेका छन् ।शुक्रबार पनि आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

चितवनको हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो

चितवनको हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो
चितवन । जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ ।कृषि ज्ञान केन्द्रद्वारा आइतबार आयोजित गत वर्षको समीक्षा एवं चालू आर्थिक वर्षको नयाँ कार्यक्रम सम्बन्धी बैठकमा गत आवमा परीक्षण गरिएका नमूनामध्ये १३ मा विषादीको प्रयोग बढी भएकाले विसर्जन गरिएको जानकारी दिइएको थियो । विषादी द्रूत परीक्षण प्रयोगशाला क्षेत्रपुरमा सो परीक्षण गरिएको थियो । भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयका योजना प्रमुख राजन ढकालका अनुसार एक हजार ५७ नमूना परीक्षणका क्र...

चितवनकाे निषेधाज्ञा साउन ३२ गतेसम्म थप

चितवनकाे निषेधाज्ञा साउन ३२ गतेसम्म थप
चितवन – चितवनमा जारी निषेधाज्ञा एक साता थप भएको छ । जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञा साउन ३२ गते राति १२ बजेसम्म थप्ने निर्णय गरेको हो ।पछिल्लो निषेधाज्ञा आज राति १२ बजे सकिदैछ । यस अघिको आदेशलाई नै निरन्तरता दिँदै निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ । नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमणको जोखिम अझै उच्च रहेको तथा डेल्टा भेरियन्ट समेत पुष्टि भइसकेको निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । संचालन गर्न नपाइने सेवा तथा कार्य ...

जनपत्रकार संगठन नेपाल चितवनको अध्यक्षमा होमनाथ न्यौपाने

जनपत्रकार संगठन नेपाल चितवनको अध्यक्षमा  होमनाथ न्यौपाने
चितवन । जनपत्रकार संगठन नेपाल जिल्ला समिति चितवनको दोस्रो जिल्ला सम्मेलनले होमनाथ न्यौपानेको अध्यक्षतामा १३ सदस्य नया कार्यसमिति चयन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी चितवन जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य सुर्दशन पौडेलको प्रमुख आतिथ्यतामा भएको जिल्ला सम्मेलनले न्यौपानेको अध्यक्षतामा १३ सदस्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा प्रकाश सिग्देल र सुर्य बराल, सचिवमा सुरज शर्मा, सहसचिवमा बासुदेव आचार्य र कोषाध्यक्षमा जेसिका पुलामी रहेका छन् । त्यस्तै सदस्यहरुमा आरती सापको...

देवघाटमा पौडी खेल्न गएका भरतपुरका रंजन आचार्यको नदीमा डुबेर मृत्यु

देवघाटमा पौडी खेल्न गएका भरतपुरका रंजन आचार्यको नदीमा डुबेर मृत्यु
चितवनमा पौडी खेल्ने क्रममा नदिमा डुबेर एक जनाको मृत्यु भएको छ । आज (शनिबार) दिउसो ३:३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं १ देवघाट स्थित नारायणी नदिमा पौडी खेल्ने क्रममा भरतपुर महानगरपालिका वडा नं १० बस्ने २७ बर्षीय रंजन आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रंजनका साथीहरुले नदिमा डुबेको देखेपछि उनलाई तत्काल उद्दार गरेका थिए । उनलाई  उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर ल्याईएको थियो । अस्पतालले दिउँसो ४ : १५ बजे  मृत घोषणा गरेको प्रहर...

सार्वजनिक सम्पत्ती कब्जा गरेर मालिक हुने सपना नदेख्न भूमाफियाहरुलाई मेयर वनकाे चेतावनी

सार्वजनिक सम्पत्ती कब्जा गरेर मालिक हुने सपना नदेख्न भूमाफियाहरुलाई  मेयर वनकाे चेतावनी
चितवन  । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सार्वजनिक जग्गा संरक्षणका विषयमा कसैसंग सम्झौता नगर्ने बताएका छन् । टाँडी बजारमा फिर्ता गरिएको सार्वजनिक जग्गामा बहुउद्देश्यीय भवनको शिलान्यास कार्यक्रममा बोल्दै मेयर वनले सार्वजनिक सम्पत्ती कब्जा गरेर मालिक हुने सपना नदेख्न भूमाफियाहरुलाई चेतावनी दिए । सार्वजनिक सम्पत्ती जोगाउने हाम्रो दायित्व हो उनले भने यो विषयमा हामी विक्दैनौ र कसैसंग चुक्दैनौं । सार्वजनिक जग्गा संरक्षणको क्रममा दर्जनौं मुद्दा खेप्नु परेको भन्दै मेयर वनले म...

भूमीआयाेग खारेजीकाे विराेधमा चितवनमा देउवा सरकारकाे पुत्ला दहन

भूमीआयाेग खारेजीकाे विराेधमा चितवनमा देउवा सरकारकाे पुत्ला दहन
चितवन । नेपाल कम्युनिस्ट पार्टी एमाले भरतपुर २ वार्ड कमिटीले भुमी सम्बन्धि समस्या समाधान आयोग खारेजीको बिरुद्दमा बिरोध कार्यक्रम र देउवा  सरकारको पुत्ला जलाउने कार्य सम्पन्न गरेकाे छ। भरतपुर आपटारीमा आयोजित बिरोध कार्यक्रममा वार्ड अध्यक्ष पुर्ण बहादुर श्रेष्ठले एन प्रद्त्त आयोग खरेज गरेर  देउवा सरकारले १४ लाख भुमिहिन , सुकुम्बासी र अव्यवस्थित बस्तिका जनतालाइ लात हानेको र यसको प्रतिरोध गर्न आम समुदायलाई आग्रह गर्नु भयो । कार्यक्रम नेकपा एमाले वाड अध्यक्ष पर्शुराम पौडेलको अध...

आयोग खारेज गरेर सरकारले भूमिहिन सुकुम्बासीको जीवनमा लात हान्योः देवी ज्ञवाली

आयोग खारेज गरेर सरकारले भूमिहिन सुकुम्बासीको जीवनमा लात हान्योः देवी ज्ञवाली
एमाले नेता देवी ज्ञवालीले सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेर लाखौं भूमिहिन र सुकुम्बासीको जीवनमा लात हानेको बताउनुभएको छ । सरकारले आयोग खारेज गरेपछि प्रतिक्रिया दिँदै उहाँले सरकारले आयोग नै खारेज गरेर अपराध गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई हटाएको भए ठूलो कुरा मान्ने थिएन, तर आयोगनै खारेज गरेर यो सरकार भूमिहिन र सुकुम्बासी विरोधी भएको प्रष्ट भएको छ ।’ ‘राज्यले मलाई काम गर्न पठाएको थियो । मैले खुरुखुरु काम गरेको थिए । धेरै दुःख र मेहेनत गरेका थियौं ।...

भरतपुर–भैरहवा रुटमा साताको तीन उडान हुने

भरतपुर–भैरहवा रुटमा साताको तीन उडान हुने
चितवन । अब चितवनको भरतपुरबाट भैरहवासम्म जहाजमा जान सकिने भएको छ । बुद्ध एयरले क्षेत्रिय विमानस्थलहरुलाई जोड्ने क्रममा भरतपुर–भैरहवा रुटमा उडान गर्न लागेको हो । कम्पनीका अनुसार १५ अगष्टबाट यो उडान हुने गरि मिति तय भएको छ । शनिबार, बुधबार र शुक्रबार जहाज चल्ने गरि उडान तालिका तय भएको कम्पनीले जनाएको छ । यसअघि बुद्धले पोखरा–नेपालगन्ज रुटमा उडान गरेको थियो । अहिले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डमा सडक बिस्तारको काम जारी छ । त्यसकारण सडकमार्गमा हुने विभिन्...