चितवन । नेपाल कम्युनिस्ट पार्टी एमाले भरतपुर २ वार्ड कमिटीले भुमी सम्बन्धि समस्या समाधान आयोग खारेजीको बिरुद्दमा बिरोध कार्यक्रम र देउवा  सरकारको पुत्ला जलाउने कार्य सम्पन्न गरेकाे छ।

भरतपुर आपटारीमा आयोजित बिरोध कार्यक्रममा वार्ड अध्यक्ष पुर्ण बहादुर श्रेष्ठले एन प्रद्त्त आयोग खरेज गरेर  देउवा सरकारले १४ लाख भुमिहिन , सुकुम्बासी र अव्यवस्थित बस्तिका जनतालाइ लात हानेको र यसको प्रतिरोध गर्न आम समुदायलाई आग्रह गर्नु भयो । कार्यक्रम नेकपा एमाले वाड अध्यक्ष पर्शुराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो  ।

तपाईको प्रतिक्रिया