×

चितवन – चितवनमा जारी निषेधाज्ञा एक साता थप भएको छ । जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञा साउन ३२ गते राति १२ बजेसम्म थप्ने निर्णय गरेको हो ।पछिल्लो निषेधाज्ञा आज राति १२ बजे सकिदैछ । यस अघिको आदेशलाई नै निरन्तरता दिँदै निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमणको जोखिम अझै उच्च रहेको तथा डेल्टा भेरियन्ट समेत पुष्टि भइसकेको निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।

संचालन गर्न नपाइने सेवा तथा कार्य 

१। भौतिक रूपमा उपस्थित भई हुने सबै प्रकारका सभा, सम्मेलन, प्रदर्शन, भेला, सेमिनार, तालिम जात्रा महोत्सव सञ्चालन
२। सिनेमा, पार्टी प्यालेस, हेल्थ क्लब, दोहोरी रेष्टुरेन्ट, फनपार्क, फुटसल, फिटनेस सेन्टर, जिमखाना, ठेला तथा फुटपाथ पसल, स्पा, स्वीमिङ्ग पुल, सपिङमल, मनोरञ्जनस्थल, स्ट्रिटफुड पसल, ब्युटी पार्लर तथा सैलुन सञ्चालन ।
३। विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै शैक्षिक संस्थाहरूमा भौतिक रुपमा उपस्थित भई हुने पठन पाठन लगायतका शैक्षिक गतिविधि सञ्चालन ।
४। मठ, मन्दिर, मस्जिद, गुम्बा तथा चर्च लगायतका धार्मिक स्थलमा दैनिक नित्य पूजा बाहेक मानिसहरु समूहमा जम्मा र भेला भई गरिने अन्य धार्मिक, साँस्कृतिक एवं सामाजिक गतिविधि ।

संचालन गर्न पाइने सेवा तथा कार्य 
१। औषधि, अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल, एग्रोभेट तथा भेटेरीनरी औषधि पसल सञ्चालन ।
२। जिल्ला स्थित सबै सरकारी कार्यालयहरूले जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्ने सुनिश्चितता गरी सेवाप्रवाह गर्ने । बढि भिडभाड हुने कार्यालयहरूले हप्ताको बारअनुसार फरकरफरक बार सेवाप्रवाह हुने स्थानीय तह तोकी आलोपालो प्रणाली अवलम्बन गरी भिडभाड नहुने प्रबन्ध मिलाई गरिएको सेवा प्रवाहलाई निरन्तरता दिने ।
३। खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी माछारमासु, अण्डा, चल्ला, दाना, खाना पकाउने ग्याँस सम्बन्धी पसल, एग्रोभेट, बीउविजन, रासायनिक मल र भेटेनरी औषधि पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने । दुध डेरीको हकमा बेलुका ५ बजेदेखि ७ बजेसम्म समेत सञ्चालन गर्न पाइने छ ।
४। इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स पसल, भाँडा पसल, कपडा पसल, फेन्सी पसल, कस्मेटिक तथा गिफ्ट पसल, सुनचाँदी पसल, फर्निचर तथा फर्निसिङ, अटोमोबाइल, मोटरपार्ट्स, जुत्ता चप्पल, टेलरिङ, पुस्तक तथा स्टेशनरी पसल, वर्कशप, निर्माण सामग्री लगायतका व्यापारिक पसल आइतबार, मंगलवार र विहिबार दिउसो १२ देखि साँझ ६ बजे सम्म सञ्चालन गर्न पाइने ।
५। खाजा घर, रेष्टुरेण्ट र मिठाई पसलहरु दिउसो १२ बजे देखि बेलुकी ६ बजेसम्म मात्र सञ्चालन गर्न पाइने ।
६। जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्ने सुनिश्चितता गरी बैंक तथा वित्तीय संस्था, सहकारी, विमा तथा रेमिट सेवा सञ्चालन गर्न पाइने तर वित्तीय तथा सहकारी संस्थाबाट घरदैलोमा गई रकम संकलन तथा समूह भेला सञ्चालन गर्न नपाइने ।
७। उद्योग कलकारखानाको हकमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी सञ्चालन गर्ने । नियमित कामदारहरुको स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने ।
८। होटेल र लज सञ्चालन सम्बन्धमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालन गरी कुल कोठा संख्याको एक तिहाई संख्या नबढ्ने गरी सञ्चालन गर्न पाइने ।

संचालन गर्न पाइने सवारी साधनहरु
१। अत्यावश्यक सेवामा प्रयोग गरिने सवारी साधनहरु, खाद्यान्न लगायत अत्यावश्यक उपभोग्य सामग्री ढुवानी गर्ने सवारी साधनहरु, निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनहरु, मालवाहक सवारी साधनहरु, सरसफाई तथा फोहोर मैला व्यवस्थापन कार्यमा प्रयोग हुने सवारी साधनहरु ।
२। समाचार संकलन संप्रेषणका लागि परिचय पत्र बाहक संचारकर्मीले प्रयोग गरेका र पत्रपत्रिका वितरणका लागि प्रयोग भएका सवारी सधान ।
३। अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरूको हकमा हवाइ टिकट, पासपोर्ट र भिषाको निस्साको आधारमा सिधै एयरपोर्ट सम्म जाने सवारी साधन ।
४। राजमार्ग भई अन्य जिल्लामा जाने सवारी साधनहरु ।
५। जिल्ला भित्र संचालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका सवारी साधनमा देहायका मापदण्ड पालना गर्नेगरी सञ्चालन गर्ने
सिट क्षमता भन्दा बढी यात्रु नराख्ने ।
सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने ।
मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने ।
चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउने ।
सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्ने ।
सवारी साधन दैनिक निसंक्रमण र्ने ।

तपाईको प्रतिक्रिया