चितवन । सरकारले भूमि समस्या समाधान आयोग सुकुम्बासी आयोग खारेज गरेको विरोधमा आज सोमबार भरतपुरको चौबीसकोठीमा विरोध प्रदर्शन हुने भएको छ । नेकपा एमालेले विरोध प्रदर्शन गर्न लागेको हो ।

नेकपा एमाले भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेले लाखौं भूमिहिन र अव्यवस्थित बसोबासीको सपनालाई भताभुङ्ग पार्ने सरकारको कदमको विरोध गर्न लागिएको बताउनुभयाे ।  उहाँले भन्नुभयो “लाखौं भूमिहिन जनताको समस्यामा एक्यबद्धता जनाउन हामी न्यायप्रेमी जनसमुदायलाई हार्दिक अनुरोध गर्दर्छौ ।”

सरकारले देवी ज्ञवाली नेतृत्वको आयोगलाई खारेज गर्ने निर्णय गरेको छ । आयोगले भूमिहिनलाई जग्गावितरण गर्न लगत संकलनको काम गरिरहेको थियो भने लाखौंलाई जग्गाको लालपूर्जा वितरण गर्ने तयारी गरेको थियो ।

तपाईको प्रतिक्रिया