चितवन । चितवनमा कोरोना संक्रमणबाट आज एकै दिन पाँच जनाको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा दुई जना र चितवन मेडिकल कलेजमा तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

मृतकहरु मध्ये चितवनका दुई जना, नवलपरासीको एक जना, बर्दियाको एक जना र अर्घाखाँचीको एक जना रहेका छन् ।त्यसैगरी चितवनका अस्पतालहरुमा कोरोनाका गम्भीर बिरामीको संख्या बढ्दै गएको छ । अस्पतालमा अहिले २५३ जना बिरामीले उपचार गराइरहेका छन् ।

तपाईको प्रतिक्रिया