मनोज घिमिरे
चितवन । दियालो रोड टोल विकास समिति तथा दियालो आमा समुह नारायणगढको संयुक्त आयोजनामा शनिवार मास्क अभियान सम्पन्न गरिएको छ ।
“माहामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता“ भन्ने मूल नाराका साथ मास्क अभियान सम्पन्न गरिएको दियालो रोड टोल विकास समितिले जनाएको छ ।
मास्क अभियानमा “तपाईंको मास्क खै “ ,“मास्क लगाउनु नै आजको आवस्यकता“ , “भौतिक दुरि कायम गरौं“ ,“घरबाट बाहिर निस्कदा म मास्क लगाउने छु“ जस्ता नारा अंकित प्ले कार्डका साथ अभियान संचालन गरिएको थियो। बिहान ८ बजेदेखि भरतपुर १ दियालोरोडको गौरेश्वोर पशुपतिनाथ मन्दिरबाट सुरूवात गरिएको मास्क अभियान दियालोरोड , नारायणी किनार हुदै नारायणगढ बसपार्क पुगेर सम्पन्न भएको थियो ।
सो कार्यक्रममा करिब १००० थान मास्क पैदल यात्रीका साथै सेवाग्राहीहरुलाई प्रदान गरिएको थियो ।मास्क अभियान कार्यक्रममा टोलका सदस्य युवा व्यबसायी तथा समाजसेवी चन्दन अग्रवालले सेवाग्राहीहरुका लागि मास्कको ब्यवस्था गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया