चितवन । सरकारले ल्याएको अध्यादेशको बिरोध गर्दै आज चितवनको भरतपुर स्थित चौबीसकोठीमा युवाहरुले बिरोधसभा तथा पुत्लादहन गरेका छन । सरकारले हिजो ल्याएको पार्टी बिभाजन गर्ने अध्यादेशको बिरोध गर्दै नेकपा एमाले निकटका युवा तथा विद्यार्थीहरुले सो कार्यक्रम गरेका हुन ।

राष्ट्रिय युवा संघ नेपाल चितवनको आयोजनामा भएको सो कार्यक्रममा उनीहरुले सरकारले ल्याएको सो अध्यादेश एमाले फुटाउने उध्येश्यका साथ आएको भन्दै तत्काल फिर्ता नलिए सशक्त प्रतिकार गर्ने समेत चेतावनी दिएका छन । उनीहरुले अध्यादेश तत्काल खारेज गर, परमादेश सरकार मुर्दाबाद, प्रधानमन्त्री देउवा मुर्दाबाद, नेकपा एमाले जिन्दावाद, केपी ओली जिन्दावाद जस्ता नाराहरु लगाएका थिए । सोही कार्यक्रममा युवा तथा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन समेत गरेका थिए ।

राष्ट्रिय युवा संघ नेपाल चितवनका संयोजक सुशील केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्याैपाने, युवा संघका केन्द्रिय सचिब प्रताप डल्लाकोटी, युवा नेताहरु अस्मिन घिमिरे, अमित गुप्ता लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य कपिल पोख्रेल, जिल्ला सचिव प्रकाश खनाल लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया