खनाल सेवा केन्द्रिय समितिको आयोजनामा आज बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। खनाल सेवा केन्द्रिय समितिका अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका माननीय सामाजिक विकास मन्त्री श्री कृष्णप्रसाद शर्मा खनाल ज्यु लाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।

सो कार्यक्रममा राजेश्वर खनाल कपिल बाबू खनाल, अर्जुन खनाल, प्रा.डा नारायणप्रसाद खनाल, जगदीश्वर खनाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो। मन्त्री खनालले आफ्नो खनाल वंशमा आँच आउने तथा नकारात्मक सन्देश जाने खालका कुनै पनि कार्य नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

संस्थाका उपाध्यक्ष वामदेव खनालले उपस्थित सबैलाई आभार व्यक्त गर्दै धन्यवाद दिनुभयो । कार्यक्रम संस्थाका सचिव रवि भद्र शर्मा खनालले सञ्चालन गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया