×

चितवन सेरोफेरो

नेपाली काँग्रेस चितवनको सभापतिमा आठ जना प्रत्यासी

नेपाली काँग्रेस चितवनको सभापतिमा आठ जना प्रत्यासी
चितवन । नेपाली काँग्रेस चितवनको सभापतिका लागि आठ जना प्रत्यासी चुनावी मैदानमा उत्रिएका छन् ।जिल्लामा यही भदौ २१ गते वडा अधिवेशन हुँदैछ । जिल्ला समितिका लागि भने आगामी असोज १० गते निर्वाचन हुनेछ । जिल्ला सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेपछि उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशीले सभापतिका लागि दाबी गर्नुभएको छ । पूर्वसांसद जगन्नाथ पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरे र वाग्मती प्रदेशसभ...

साढे दुई वर्षदेखि थुनामा रहेका दुई निर्दाेष सैनिक भरतपुर कारागारबाट छुटे

साढे दुई वर्षदेखि थुनामा रहेका दुई निर्दाेष सैनिक भरतपुर कारागारबाट छुटे
चितवन। हतियार चोरी प्रकरणमा दोषी ठहरिएर जेल बसेको नेपाली सेनाका दुई जना जवान ३० महिनापछि निर्दोष ठहरिएका छन्।उनीहरू सैनिक विशेष अदालतबाट शुक्रबारको फैसलामा निर्दोष ठहरिएका हुन्।सेनाले हतियार चोरीको मुख्य योजनाकार भनेर अमल्दार पोष्टमा कार्यरत लवकुमार गुरूङ र सरोज तामाङलाई कोट मार्सल गरेको थियो।सेनाकै गंगाधर ढकालले सहकर्मी भरत गुरूङको साउन ७ गते चितवनमा हत्या गरेपछि चोरी भएको हतियारबारे रहस्य बाहिरिएको थियो। लव र सरोजले चोरी गरेको भनिएको र भरतको हत्यामा प्रयोग भएको हतियार ९१...

चितवनमा नेपाली सेनाको हतियार चोरेर सैनिक जवानको हत्या गर्ने गंगाधरलाई जन्मकैद

चितवनमा नेपाली सेनाको हतियार चोरेर सैनिक जवानको हत्या गर्ने गंगाधरलाई जन्मकैद
काठमाडौं –नेपाली सेनाको गन चोरी गरेको र सैनिक भरत गुरुङको हत्या स्वीकार गरेका सैनिक गंगाधर ढकाललाई जन्मकैद हुने भएको छ । सैनिक समरी जनरल अदालतले ढकाललाई जन्मकैदको सजाय सुनाएको हो । ढकालले चितवनको कालीबहादुर गणमा १००७९२ नम्बरको सर्ट मेसिन गन एसएमजी चोरी गरेका थिए । सोही गन प्रयोग गरी साउन ७ गते उनले आफ्नै सहकर्मी सैनिक भरत गुरङको चितवनमा हत्या गरेका थिए । यी दुवै अपराध स्वीकार गरेका उनलाई गणमा नै गठन भएको सैनिक समरी जनरल अदालतले जन्मकैदको फैसला सुनाएको हो । उता २०७५ को प...

कांग्रेस चितवनको सह-सचिवमा राजन कार्कीद्धारा उम्मेद्वारी घोषणा

कांग्रेस चितवनको सह-सचिवमा राजन कार्कीद्धारा उम्मेद्वारी घोषणा
चितवन–नेपाली कांग्रेस चितवनका सह-सचिव राजन कार्कीले १४ औं महाधिवेशनमा पनि जिल्ला सह-सचिव पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । आज भएको भरतपुर महानगरपालिका–११ को क्रियाशिल वडा भेलामा कार्कीले सह-सचिवमा उम्मेद्वारी घोषणा गरेका हुन् । भरतपुर ११ कार्कीको आफ्नो वडा हो ।महासमिति सदस्य समेत रहेका कार्कीले कार्यकर्ताको भावना अनुसार आफुले उम्मेद्वारी घोषणा गरेको बताए । उनले आफ्नै वडा भएकाले आजै उम्मेद्वारी घोषणा गरेको जानकारी दिए । उनले पार्टीमा आफुले लामो समय योगदान दिएको भन्दै ...

भरतपुर अस्पतालमा अख्तियारको छापा, महत्वपुर्ण कागजात नियन्त्रणमा

भरतपुर अस्पतालमा अख्तियारको छापा, महत्वपुर्ण कागजात नियन्त्रणमा
चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर अस्पतालमा छापा मारेको छ ।अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितताको उजुरी परेपछि अख्तियारको टोलीले आज छापा मारेको हो । अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट उपसचिव विष्णुप्रसाद सापकोटासहित ५ जनाको टोलीले अहिले अध्ययन गरिरहेको छ । टेन्डरमा सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, फार्मेसी तर्फकालाई नदिएर सीएमएलाई प्रमुखको जिम्मेवारी दिएको, न्युनतम औषधि समेत उपलब्ध नगराएको लगायतका उजुरी परेको अख...

चितवन मेडिकल कलेजमा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत प्रवीन बस्नेत दुई सातादेखि बेपत्ता

चितवन मेडिकल कलेजमा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत प्रवीन बस्नेत दुई  सातादेखि बेपत्ता
चितवन  : चितवन मेडिकल कलेजमा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत प्रवीन बस्नेत झन्डै दुई सातादेखि बेपत्ता छन् । बस्नेत भदौ २ गते बुधवार अपराह्न ४ बजेतिर साथीहरुसँग चिया खाएर आउँछु भनेर डेराबाट हिँडेकाे थिए । सुर्खेत स्थायी घर भएका बस्नेत हालसम्म पनि सम्पर्कमा नआएको बस्नेतका भिनाजु टेकराज थापाले बताए । भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा बेपत्ताको खोजीका लागि दाइ प्रभात बस्नेतले निवेदन दिएका थिए । उनी चढ्ने मोटरसाइकल भने देवघाट पुल नजिकै पार्किङमा भेटिएको छ । उनका दाइ प्रभातले ...

चितवनमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

चितवनमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु
चितवन । गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. २३ की ३८ वर्षीया सम्झना दराईको गैँडाको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय हरियाली सामुदायिक वनमा घाँस काट्न गएकी दराईलाई दिउसो साढे २ वजे गैँडाले आक्रमण गरेको थियो ।गैँडाको आक्रमणबाट गम्भिर घाईते भएकी उनको उपचारको क्रममा दिउसो साढे ३ वजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

वाइसिएलको केन्द्रीय सदस्यमा चितवनका सन्तोष र साजन चयन

वाइसिएलको केन्द्रीय सदस्यमा चितवनका सन्तोष र साजन चयन
माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग नेपालको केन्द्रीय सदस्यमा चितवनका दुई युवा चयन भएका छन् । काठमाडौंमा भएको राष्ट्रिय भेलाबाट चितवनका युवाहरु साजन अधिकारी र सन्तोष पनेरु केन्द्रीय सदस्यमा चयन भएका हुन् । राष्ट्रिय भेलाले संगठनको अध्यक्ष बाहेक अन्य सबै पदमा चयन गरेको छ । भेलाले अध्यक्षको टुंगो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मेवारी दिएको छ । केन्द्रीय सदस्यमा चयन भएका दुई युवाहरु जिल्लाको राजनीतिमा क्रियाशिल छन् । उनीहरुले जिल्लामा संगठ...

आर्थिक अभावमा धुर्मुस–सुन्तलीले बनाउन लागेको रङ्गशालाको कामले गति लिन सकेन

आर्थिक अभावमा धुर्मुस–सुन्तलीले बनाउन लागेको रङ्गशालाको कामले गति लिन सकेन
चितवन–भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले गति लिन सकेको छैन । दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएको रङ्गशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०/३५ जनाले मात्रै काम गर्दै आएका छन् । त्यो जनशक्ति पनि नियमित छैन । धुर्मुस–सुन्तली फाउन्डेशनले भरतपुर महानगरपालिकासँग समन्वय गरेर काम गरेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयले चर्चेको त्रिभुवन विश्वविद्यालयको स्वामित्वको जग्गामा रङ्गशाला निर्माण भइरहेको छ...