चितवन । भरतपुर महानगरपालिका वडा नम्वर ३ लायन्सचोकमा निजि क्षेत्रले बनाउन लागेको भरतपुर मेट्रो प्लाजा निमार्णमा बाकी काम अगाढी नबढाउन बिप्लप नेत्रित्वको नेपाल कम्युनिष्ट पाटिले चेतावनी दिएको छ ।

जिल्ला सेक्रेटरी मिन प्रसाद सापकोटाले हस्ताक्षर गरेको बिज्ञप्तमिा साना तथा मझौला ब्यवसायीहरुलाई नकारात्मक असर पुर्याउने गरी कमिसनको खेलमा कर्पोरेट पुजिलाई राज्यको सम्पति सुम्पिने काम भरतपुर महानगरबाट भएको भन्दै यो कार्यलाई तुरुन्त रोक्न बिज्ञप्तिमा आग्रह गरिएको छ ।

बिज्ञप्तिमा भनिएको छ । लायन्सचोकको पुरानो तरकारी बजारमा बहुउदेस्य भवन निमार्ण गरी सन्चालन गर्न ३० वर्षका लागी लिजमा सम्झौता गरी राज्यको स्वामित्वमा रहेको ११ कठ्ठा जमिनमा भवन सिलन्यास गरिएको घटना प्रति पाटिको गम्भिर ध्यानाक्रषण भएको छ ।महानगरपालिका आफैले निमार्ण नगरी नाटकिय प्रतिस्पर्दाका नामामा निजि कम्पनि आर्या बिल्डर्स ईन्जिनिर्यरिङ प्रालिलाई दिने कार्य भएकोमा हाम्रो पाटि घोर आपती प्रकट गर्दछ ।

साना तथा मझौला ब्यवसायीहरुलाई नकारात्मक असर पुर्याउने गरी कमिसनको खेलमा कर्पोरेट पुजिलाई राज्यको सम्पति सुम्पिने यस प्रकारको निर्णय तत्काल रोकी जनसरोकार वालाहरु संग छलफल गरी नया प्रक्रिया अगाढी बढाउन सम्बिन्धित पक्षको ध्यानाक्रषण गराउन चद्धाहान्छौ बिज्ञप्तिमा भनिएको छ ।भवन निमार्णको सिलन्यसा पुर्व प्रधानमन्त्रि प्रचण्डले गरेका थिए भने कार्यक्रममा नेकपा एमाले चितवनले पनि सहभागिताा जनाएको थिएन् ।

 

तपाईको प्रतिक्रिया