×

चितवन सेरोफेरो

माओवादी केन्द्रको चितवन इन्चार्जमा रेनु दाहाल

माओवादी केन्द्रको चितवन इन्चार्जमा रेनु दाहाल
चितवन । नेकपा माओवादी केन्द्रले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य एव‌ं भरतपुर महानगर पालिकाकाकी मेयर रेनु दाहाललाई दिएको छ । बिहीबार माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्ज र आरसी अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।यस्तै अन्य पदाधिकारी भने टुंगिन बाँकी रहेको संयोजकको जिम्मेवारी पाएका अधिकारीले जानकारी दिए। माओवादी केन्द्रको आठौं महाधिवेशनपछि जिल्ला इन्चार्जहरु तोकिएका थिएनन् । हालै बसेको केन्द्रीय समितिको बैठकले आफ्नो प्रद...

सौराहा घुम्न गएका १६ जना जंगली माहुरीले टोकेर घाइते

सौराहा घुम्न गएका १६ जना जंगली माहुरीले टोकेर घाइते
चितवन । चितवनमा आज मंगलबार अपरान्ह जंगली माहुरीले टोकेर १६ जना घाइते भएका छन् ।पूर्वीचितवनको रत्ननगर नगरपालिका–६, स्थित चितवन राष्ट्रिय निकुञ्ज सेक्टर कार्यालयको कम्पाउण्ड भित्र हात्ती हेर्न गएका १६ जना घाइते भएका हुन् । एक्कासी जंगली खाग माहुरीले टोकेर घाइते भएपछि उनीहरुलाई रत्ननगर बकुलहर अस्पतालमा लगिएको छ । घाइते भएका मध्ये दुई जनाको अवस्था मध्यम रहेको र बाँकीको अवस्था सामान्य रहेको चितवन प्रहरीले जनाएको छ । घाइते हुनेमा सिन्धुली कमलामाई नगरपालिका–४ वस्ने वर्ष ४५ की ...

आजदेखि लाइसेन्सको अनलाइन आवेदन बन्द

आजदेखि लाइसेन्सको अनलाइन आवेदन बन्द
काठमाडौं ।  आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि नयाँ आवेदन बन्द भएको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेद बन्द भएको जनाएको हो । ‘हालसम्म परेका अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुंगोमा पुर्याउनु पर्ने भएकाले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनाइन आवेदन प्रणाली बन्द रहने छ,’ विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

भरतपुरमा बलेरो अनियन्त्रित भई पल्टदा १० जना घाइते

भरतपुरमा बलेरो अनियन्त्रित भई पल्टदा १० जना घाइते
चितवन । अनियन्त्रित भई बलेरो गाडी पल्टिदा १० जना घाईते भएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज करिब बिहान ७ः३५ बजे भरतपुर महानगरपालिका–५ तोरीखेत स्थितमा प्रेमबस्तीबाट भरतपुर तर्फ आई रहेको प्राईम केबलको ग ३ च ७२७० नम्बरको बलेरो गाडीले कुकुरलाई ठक्कर दिई आफै अनियन्त्रित भई पल्टदा बलेरोमा सवार चालक सहित १० जना घाईते भएको हो । बलेरोमा १३ जना सवार थिए ।घाईते सबैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको छ । सवारी साधन नियन्त्रणमा रहेको प्रहरी कार्यालय...

चितवनमा नयाँ महिन्द्रा थ्रीएस डिलर र टुएस सबडिलर सञ्चालनमा

चितवनमा नयाँ महिन्द्रा थ्रीएस डिलर र टुएस सबडिलर सञ्चालनमा
चितवन । नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुपले चितवनमा नयाँ थ्रीएस डिलर र टुएस सबडिलर सञ्चालनमा ल्याएको छ।नयाँ थ्रीएस सेन्ट्रल अटो जोन (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) भरतपुर–९ हाकिमचोक र टुएस सबडिलर न्यू पञ्चकन्या मोटर पार्ट्स टाँडीमा उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो। उक्त डिलर र सबडिलरको उद्घाटन अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, सेन्ट्रल अटो जोनका प्रबन्ध निर्देशक राजेन्द्र बटाजु, अग्निका प्रतिनिधि र अन्य विशेष अतिथिको अमूल्य उपस्थितिमा आज...

व्यावसायिक कृषिमा प्रेरित गर्न युवा लक्षित तालिम चितवनमा सुरु

व्यावसायिक कृषिमा प्रेरित गर्न युवा लक्षित तालिम चितवनमा सुरु
संगीता आचार्य चितवन ।  राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरमा हाईब्रिड मकै बीउ उत्पादन तथा खेती प्रबिधि सम्बन्धि कृषक तालिम सुरु भएको छ ।कृषि कर्ममा उन्मुख, वेरोजगार तथा वैदेशिक रोजगारबाट फर्किएका युवा लक्षित गरि तालिम सुरु गरेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका वरिष्ठ वैज्ञानिक भिमनाथ अधिकारीले बताए । तालिमको उद्घाटन सत्रमा बाली तथा बागवानी अनुसन्धान ,नेपाल कृषि अनुसन्धान परिषदका निर्देशक डाक्टर केशब बहादुर कोईरालाले तालिममा सिकेका प्राविधिक पक्षल...

फागुन २८ देखी  ढुवानी बन्द गर्ने ट्रक ब्यवसायीको चेतावनी

फागुन २८ देखी  ढुवानी बन्द गर्ने ट्रक ब्यवसायीको चेतावनी
प्रकाश सिग्देल चितवन । पेट्रोलियम पदार्थको मुल्यमा भएको वृद्दिको बिरोध गर्दै आन्दोलनको घोषणा गरेका ट्रक ब्यवसायीले जिल्ला प्रशासन कार्यालय चितवनमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । सरकारले पटक पटक पेटोलियम पदार्थको मुल्य बृद्धि गरेको तर विगत ६ वर्ष देखी ढुवानी भाडा नबढाएको भन्दै उनिहरुले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापन पत्र बुझाएका हुन् । धादिङका व्यवसायी मनोज केसीको नेतृत्वमा १०० बढी व्यवसायीहरु रामनगरमा जम्मा भएर आन्दोलनका कार्यक्रम घोषण गरी प्रमुख ज...

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चुननारायण र वरिष्ठ उपाध्यक्षमा सुमन श्रेष्ठ निर्विरोध निर्वाचित

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चुननारायण र वरिष्ठ उपाध्यक्षमा सुमन श्रेष्ठ निर्विरोध निर्वाचित
चितवन–उद्योगी व्यवसायीहरुको सबैभन्दा ठूला साझा संस्था उद्योग वाणिज्य संघ–चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ र वरिष्ठ उपाध्यक्षमा सुमन कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आज भएको मनोनयन दर्ताको समयमा अध्यक्षमा र वरिष्ठ उपाध्यक्षमा एकरएक जनाको मात्रै उम्मेद्वारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचनको सबै प्रक्रिया टुंगो लागेपछि मात्रै औपचारिक घोषणा गरिने निर्वाचन समितिका संयोजक राजकुमार श्रेष्ठले जानकारी दिए । आज विहान मात्रै श्रेष्ठको नेतृत्वम...

उवासंघ चितवनको अध्यक्षमा श्रेष्ठसहित पाँचको उमेदवारी घोषणा

उवासंघ चितवनको अध्यक्षमा श्रेष्ठसहित पाँचको उमेदवारी घोषणा
चितवन । उद्योग वाणिज्य संघ चितवनको आसन्न अधिवेशनका लागि पाँच जनाले संयुक्त रुपमा उमेदवारी घोषणा गरेका छन् । संघको ५५औं वार्षिक साधारण सभा तथा अधिवेशनको पूर्व सन्ध्यामा बुधबार पत्रकार सम्मेलन मार्फत पाँच जनाले उमेदवारी घोषणा गरेका हुन् ।उमेदवारी घाेषणा गर्नेहरुमा चुननारायण श्रेष्ठ अध्यक्ष, सुमनकुमार श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदहरु क्रमशः चिरञ्जिवी सुवेदी, भोजराज कौडाल र शंकर नेपाल रहेका छन् । अध्यक्ष पदका उमेदवार श्रेष्ठले व्यवसायिक हकहितको संरक्षण, नीतिगत तहमा ब...