×

चितवन–उद्योगी व्यवसायीहरुको सबैभन्दा ठूला साझा संस्था उद्योग वाणिज्य संघ–चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ र वरिष्ठ उपाध्यक्षमा सुमन कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

आज भएको मनोनयन दर्ताको समयमा अध्यक्षमा र वरिष्ठ उपाध्यक्षमा एकरएक जनाको मात्रै उम्मेद्वारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचनको सबै प्रक्रिया टुंगो लागेपछि मात्रै औपचारिक घोषणा गरिने निर्वाचन समितिका संयोजक राजकुमार श्रेष्ठले जानकारी दिए ।

आज विहान मात्रै श्रेष्ठको नेतृत्वमा प्यानल घोषणा गरिएको थियो । यस्तै श्रेष्ठ प्यानलबाटै उपाध्यक्षमा चिरञ्जिवी सुवेदी, भोजराज कौडाल र शंकर नेपाल उम्मेद्वारी दिएका छन् । यी तीन पदमा भने अन्य उम्मेद्वारी परेकाले निर्वाचन हुने संभावना बढेको छ ।

निर्वाचन तालिका अनुसार बुधबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेद्वारी दर्ताको समय रहेको थियो । अन्यका पदका लागि भने फागुन ३० गते मतदानको समय तालिका रहेको छ भने चैत १ गते मतगणना हुनेछ ।

तपाईको प्रतिक्रिया