चितवन । चितवनमा आज मंगलबार अपरान्ह जंगली माहुरीले टोकेर १६ जना घाइते भएका छन् ।पूर्वीचितवनको रत्ननगर नगरपालिका–६, स्थित चितवन राष्ट्रिय निकुञ्ज सेक्टर कार्यालयको कम्पाउण्ड भित्र हात्ती हेर्न गएका १६ जना घाइते भएका हुन् ।
एक्कासी जंगली खाग माहुरीले टोकेर घाइते भएपछि उनीहरुलाई रत्ननगर बकुलहर अस्पतालमा लगिएको छ । घाइते भएका मध्ये दुई जनाको अवस्था मध्यम रहेको र बाँकीको अवस्था सामान्य रहेको चितवन प्रहरीले जनाएको छ ।
घाइते हुनेमा सिन्धुली कमलामाई नगरपालिका–४ वस्ने वर्ष ४५ की तुलसा श्रेष्ठ , सोही स्थानका ४६ का केदार श्रेष्ठ , वर्ष ६० की शान्ता श्रेष्ठ , मरिण गाउँपालिका–७ बस्ने वर्ष ६५ को कृष्ण नारायण श्रेष्ठ वर्ष ३२ का दिपक माझी वर्ष ३५ की शारदा श्रेष्ठ , वर्ष ६० की धन कुमारी श्रेष्ठ , वर्ष ३५ का काजीलाल श्रेष्ठ , वर्ष ३५ की भगवती श्रेष्ठ रहेका छन् ।
यसैगरि अन्य घाइते हुनेमा वर्ष ५३ का दान बहादुर श्रेष्ठ ९सामान्य०, वर्ष ३५ का कल्याण श्रेष्ठ , तिनपाटन गाउँपालिका–२ बस्ने वर्ष २७ की सुजाता श्रेष्ठ , मणिरत्न गाउँपालिका–७ बस्ने वर्ष ३ का कबिर श्रेष्ठ , वर्ष ९ की राधा श्रेष्ठ, वर्ष ५ की राधिका श्रेष्ठ , वर्ष ७ की पारु श्रेष्ठ रहेका छन् ।