चितवन । अनियन्त्रित भई बलेरो गाडी पल्टिदा १० जना घाईते भएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज करिब बिहान ७ः३५ बजे भरतपुर महानगरपालिका–५ तोरीखेत स्थितमा प्रेमबस्तीबाट भरतपुर तर्फ आई रहेको प्राईम केबलको ग ३ च ७२७० नम्बरको बलेरो गाडीले कुकुरलाई ठक्कर दिई आफै अनियन्त्रित भई पल्टदा बलेरोमा सवार चालक सहित १० जना घाईते भएको हो ।
बलेरोमा १३ जना सवार थिए ।घाईते सबैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको छ । सवारी साधन नियन्त्रणमा रहेको प्रहरी कार्यालयले जनाएको छ ।
घाइते हुनेमा स्याङजा बिरुवा गाउपालिका–३ बस्ने बर्ष ३७ को तुम बहादुर राना, ३ बस्ने बर्ष २६ को धिरज सारु मगर, पर्वत कुस्मा–१४ बस्ने बर्ष २२ को दिनेश क्षेत्री, बर्ष २४ को बिशाल बि।क।, कुस्मा ८ बस्ने बर्ष १८ को सुन्दर बि।क।, १४ बस्ने बर्ष २६ को बिशाल गुरुङ, २ बस्ने बर्ष २१ को अशोक क्षेत्री, १४ बस्ने बर्ष २० को सुनिल सुना, बस्ने बर्ष २१ को कृष्ण बहादुर बि।क।, गुल्मी सत्यवती गाउपालिका– ६ बस्ने बर्ष २२ को सरोज भण्डारी रहेका छन।



उज्यालो खबर




