×

संगीता आचार्य

चितवन ।  राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरमा हाईब्रिड मकै बीउ उत्पादन तथा खेती प्रबिधि सम्बन्धि कृषक तालिम सुरु भएको छ ।कृषि कर्ममा उन्मुख, वेरोजगार तथा वैदेशिक रोजगारबाट फर्किएका युवा लक्षित गरि तालिम सुरु गरेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका वरिष्ठ वैज्ञानिक भिमनाथ अधिकारीले बताए ।

तालिमको उद्घाटन सत्रमा बाली तथा बागवानी अनुसन्धान ,नेपाल कृषि अनुसन्धान परिषदका निर्देशक डाक्टर केशब बहादुर कोईरालाले तालिममा सिकेका प्राविधिक पक्षलाई महत्वका साथ प्रयोगमा ल्याउन आग्रह गरे । तालिम अबधिमा हाईब्रिड मकै खेती प्रबिधि, ईन्ब्रिड लाईनको बिकास र संरक्षण गर्ने तरिका, माटो परिक्षण तथा मकैमा खाध्यतत्व कमिको पहिचान तथा व्यवस्थापन जस्ता प्राविधिक पक्षको ज्ञान दिईने छ ।

तालिममा सहभागिहरुले व्यवहारमा कृषि कर्म अपनाए व्यवसायिक पाटोमा सहयोग गरिने राष्ट्रिय मकैबाली अनुसन्धान परिषदका संयोजक चित्र बहादुर कुंवरले बताए । विभिन्न जिल्लाका स्थानिय निकायको सिफारिस सहित आएका आवेदनहरुबाट प्रशिक्षार्थी छनौट गरिएको बताईएको छ ।७ दिने आवासिय तालिममा रुकुम पश्चिम, रोल्पा, गुल्मी ,प्यूठान, बाग्लुङ, सुर्खेत, अर्घाखाँची , सर्लाही चितवन ,ललितपुरका गरि २० जना प्रशिक्षार्थी सहभागी छन् ।

तपाईको प्रतिक्रिया