मुद्रण उद्योग महासंघको अध्यक्षमा चितवनका रेग्मी निर्वाचित
चितवन । नेपाल मुद्रण उद्योग महासंघको अध्यक्षमा खोमकान्त रेग्मी विजयी भएका छन् । काठमाडौंमा सम्पन्न महासंघको चौथो अधिवेशनले रेग्मीलाई अध्यक्षमा चयन गरेको हो ।रेग्मी कालिका प्रिन्टिङ एण्ड प्याकेजिङ र बहुमुखी छापाखाना चितवनका प्रबन्ध निर्देशक हुन् भने उनी विगत ३ दशक बढी देखि मुद्रण पेशामा आवद्ध रहेका छन् ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा विष्णु तिवारी, प्रथम उपाध्यक्षमा अरुण सापकोटा र द्वितीय उपाध्यक्षमा राजकुमार घिमिरे चयन गरेका छन् । यस्तै उपाध्यक्षहरु प्रदेश नं। १ बाट राजनप्र...


