चितवन । चितवनमा नवजात शिशुलाई जन्म दिई हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । नवजात शिशुलाई जन्म दिई हत्या गर्ने कालिका नगरपालिका वडा नं १० बस्ने २१ वर्षिय मन्जु चेपाङलाई प्रहरीले पक्राउ गरेको हो ।
गत १९ गते कालिका १० टुडीखेलमा सालनाल सहित नवजात शिशु मृत अबस्थामा फेला परेको सुचनाको आधारमा खटिएको प्रहरी टोलिले अनुसन्धान गर्दा उनलाई प्रकाउ गरेको हो ।
चेपाङलाइलाई प्रकाउ गरि कर्तब्य ज्यान मुद्धामा जिल्ला अदालत चितवनबाट म्याद अनुमति लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।