चितवन । नेपाल मुद्रण उद्योग महासंघको अध्यक्षमा खोमकान्त रेग्मी विजयी भएका छन् । काठमाडौंमा सम्पन्न महासंघको चौथो अधिवेशनले रेग्मीलाई अध्यक्षमा चयन गरेको हो ।रेग्मी कालिका प्रिन्टिङ एण्ड प्याकेजिङ र बहुमुखी छापाखाना चितवनका प्रबन्ध निर्देशक हुन् भने उनी विगत ३ दशक बढी देखि मुद्रण पेशामा आवद्ध रहेका छन् ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा विष्णु तिवारी, प्रथम उपाध्यक्षमा अरुण सापकोटा र द्वितीय उपाध्यक्षमा राजकुमार घिमिरे चयन गरेका छन् । यस्तै उपाध्यक्षहरु प्रदेश नं। १ बाट राजनप्रसाद पाठक, मधेश प्रदेशबाट प्रमोद कुमार गुप्ता, बागमती प्रदेशबाट कुयाङ लामा गण्डकी प्रदेशबाट पदमलाल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट मनोजकुमार जिसी, कर्णाली प्रदेशबाट हिमकुमारी उपाध्याय र सुदुर पश्चिम प्रदेशबाट नरसिंह धामी चयन भएका छन् ।
त्यस्तैगरी महासचिवमा कमलप्रसाद पोखरेल, उपमहासचिवमा अर्जुनप्रसाद सापकोटा, सचिवमा जीवन गोर्खाली, सहसचिवमा मीना सुवेदी ढकाल, कोषाध्यक्षमा सुदिप न्यौपाने, सहकोषाध्यक्षमा गिरिराज गरेर एसोसियट तर्फबाट सदस्यमा वसन्तनारायण बजिमिया निर्वाचित भएका हुन् ।
यसैगरी सदस्यहरुमा प्रदेश नं। १ बाट खिलाराज पराजुली र खड्गबहादुर खड्का, मधेश प्रदेशबाट नवलकिशोर राय, वागमती प्रदेशबाट विजय पाख्रीन र खिलनाथ लुइटेल, गण्डकी प्रदेशबाट कृष्णप्रसाद बास्तोला र खगेन्द्रप्रसाद अर्याल, लुम्बिनी प्रदेशबाट हरिभक्त डाँगी र चण्डीप्रसाद गैरे, कर्णाली प्रदेशबाट सोमराज ढकाल र हिरामणि चौलागाई, सुदुरपश्चिम प्रदेशबाट छत्रबहादुर साउद र मणिकान्त मिश्र निर्विरोध निर्वाचित भएका छन् ।
खुलातर्फ सदस्यहरुमा विश्वराम दुबाल, सत्यराम महर्जन, निराजन शाक्य, चण्डी ढकाल, हरि पहारी, राजु पोखरेल, दीपक दाहाल, कृष्णप्रसाद पराजुली, इन्द्रप्रसाद नेपाल, शम्भु शाह र गौराज श्रेष्ठ चयन भए ।महासंपका अध्यक्ष पुष्कल गौतमको अध्यक्षतामा भएको अधिवेशन संस्थापक अध्यक्ष उदय नरसिंह बादे श्रेष्ठले उद्घाटन गरेका थिए । अधिवक्ता समुन्द्रप्रसाद पाठकको संयोजकत्वमा गठित समितिले निर्वाचन गराएको थियो ।