चितवन- नेपाल भुमिहिन सुकुम्बासी संगठन चितवनको संयोजकमा मणीकुमार लामा चयन हुनुभएकाे छ । भरतपुरमा सम्पन्न भेलाले कमिटीको उपाध्यक्षमा कृष्ण बहादुर थिङ, सचिबमा प्रदिप पराजुली, सहसचिवमा चन्द्र बहादुर परियारलाई सर्वसम्मत चयन गरेकाे छ ।
जिल्ला स्तरिय संगठनमा पालिका तहको प्रतिनिधित्व गराउन चितवनका सबै पालिकाहरूलाई समेटिएको र केही समेट्न बाकि रहेकोमा पहिलो बैठकले पुर्णता दिने संगठनका जिल्ला इन्चार्ज रामदामले बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि एमाले पोलिटव्युरो सदस्य देवीप्रसाद ज्ञवाली, विशिष्ट अतिथि सांसद तथा बागमती प्रदेश सचिवालय सदस्य कृष्णभक्त पोख्रेल, अतिथिहरू जिल्ला कमिटी उपसचिव चन्द्रकान्त न्यौपाने, जिल्ला कमिटी सदस्य विष्णु माया भण्डारी लगाएको उपस्थिति रहेको थियो ।



उज्यालो खबर




