×

चितवन सेरोफेरो

निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा केशव लामिछाने निर्विरोध निर्वाचित

निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा केशव लामिछाने निर्विरोध निर्वाचित
चितवन । निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा केशवप्रसाद लामिछाने निर्विरोध निर्वाचित हुनु भएको छ । संघको २८ औं साधारण सभा तथा अधिवेशबाट लामिछाने निर्विरोध निर्वाचित हुनु भएको हो । संघको आजबाट शुरु भएको अधिवेशनमा अध्यक्ष पदमा लामिछानेको मात्रै उम्मेदवारी परेको छ । यसैगरी महिला सदस्य पदमा रोजिना भट्टराई निर्विरोध निर्वाचित हुनु भएको छ । अन्य पदमा भने आवश्यक संख्याभन्दा बढी उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार भोलि बिहानसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।...

काँग्रेस चितवन क्षेत्र नं.३ को महासमिति सदस्य सर्वसम्मत

काँग्रेस चितवन क्षेत्र नं.३ को महासमिति सदस्य सर्वसम्मत
चितवन–नेपाली कांग्रेस चितवनको अधिवेशन बिहीबारदेखि नारायणगढमा सुरु हुँदैछ । अधिवेशनबाट जिल्ला नेतृत्व चयनसंगै महासमिति सदस्य समेत चयन गरिने छ ।नेतृत्वमा रस्साकस्सी चलिरहेको बेला महासमिति सदस्यहरुमा भने सर्वसम्मत निर्णयहरु आउन थालेका छन् । उम्मेद्वारी मनोनयन अघि नै सर्वसम्मत रुपमा महासमिति सदस्य टुंगो लगाउन क्षेत्रीय समितिहरुमा जोड चलेको छ । सोही अनुरुप मनोनयन अघि नै चितवन क्षेत्र नं।३ बाट ११ जना महासमिति सर्वसम्मत गर्ने निर्णय भएको छ । उम्मेद्वार बन्ने चर्चामा रहेकाहरुबीच भ...

एमसीसी पास गरेकाे विराेधमा कार्यकर्ताद्धारा नेकपा समाजवादी चितवनको कार्यालयमा ताला

एमसीसी पास गरेकाे विराेधमा कार्यकर्ताद्धारा नेकपा समाजवादी चितवनको कार्यालयमा ताला
चितवन –एमसिसि पास भएपछि नेकपा समाजवादीका कार्यकर्ताले चितवनको पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।कार्यकर्ताका भावना विपरित गएर पार्टी नेतृत्वले एमसिसिको पक्षमा हस्ताक्षर गरेको भन्दै चितवनमा कार्यकर्ताले विरोध जनाएका हुन् । एमसिसिको पक्षमा गरिएको हस्ताक्षर फिर्ता गर्न, एमसिसिको विरोधमा लागेर एमसिसि खारेज गर्न, आगामि दिनहरुमा जनता तथा कार्यकर्ताको भावना बुझेर अघि बढ्न माग गर्दै उनीहरुले तालाबन्दी गरेका हुन् । माग पूरा नभएसम्म तालाबन्दी नखुल्ने उल्लेख गर्दै पार्टी कार्याल...

चितवनकाे खैरहनीबाट पाँच जुवाडे पक्राउ

चितवनकाे खैरहनीबाट पाँच जुवाडे पक्राउ
चितवन–चितवनमा जुवा तास खेल्ने पाँच जना पक्राउ परेका छन् । शनिबार दिउँसो पूर्वीचितवनको खैरहनी नगरपालिका–७, स्थित सुर्तनीमा जुवा तास खेलिरहेको अवस्थामा स्थानीय ५ जना युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा खैरहनी–८ बस्ने बर्ष ४४ का प्रेम प्रसाद महतो, खैरहनी–६ बस्ने वर्ष ४९ का शुसिल रिजाल, खैरहनी–८ बस्ने बर्ष ३४ का दिपक महर्जन, खैरहनी–८ बस्ने वर्ष ४७ का निल बहादुर पुन र खैरहनी–६ बस्ने बर्ष ३३ का दामोदर बस्नेत रहेका छन् ।प्रहरीले उनीहरुको साथबाट नगद ७६ हजार ८२० रुपैयाँ बरामद ग...

भरतपुरमा ६९२ बिद्यार्थीका लागि २० लाख ७६ हजार नगद रकम छात्रबृति वितरण

भरतपुरमा ६९२ बिद्यार्थीका लागि २० लाख ७६ हजार नगद रकम छात्रबृति वितरण
चितवन । भरतपुर महानगरपालिकाले महानगर भित्रका ६९२ बिद्यार्थीका लागि २० लाख ७६ हजार नगद रकम छात्रबृति वितरण गरेको छ । महानगर भित्रका ६७ वटा बिद्यालयका १ देखी ८ सम्मका लोपउन्मुख तथा अति सिमान्तकृत बालबालिकालाई प्रति बिद्यार्थी ३ हजारका दरले महानगरले छात्रवृत्ति प्रदान गरेको हो । भरतपुर महानगरको शैक्षिक प्रशासन महाशाखाले आईतबार ११ वटा बिद्यालयका २४० जना बिद्यार्थीको हात हातमा सो रकम प्रदान गरेको छ भने बाकी बिद्यालयका बिद्यार्थीका लागि प्रदान गरिने छात्रबृति रकम बैक मार्फत बिद्...

कृषि विश्वविद्यालयमा  एमाले समर्थित विद्यार्थीको आक्रमणबाट माओवादी निकट विद्यार्थी घाइते

कृषि विश्वविद्यालयमा  एमाले समर्थित विद्यार्थीको आक्रमणबाट माओवादी निकट विद्यार्थी घाइते
चितवन–चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा नेकपा एमाले निकटका विद्यार्थीको आक्रमणबाट नेकपा माओवादी केन्द्र निकटका विद्यार्थी घाइते भएका छन् । आज विहान प्याथोलोजी ल्याबमा अध्ययन गरेर फर्किदै गर्दा कृषि शंकायको तेस्रो सेमेस्टमा अध्ययनरत विद्यार्थी आशिष सुवेदीमाथि आक्रमण भएको थियो । उनको टाउकोमा चोट लागेको र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । घाइतेको अवस्था मध्यम रहेको छ । केही महिना पहिले मा...

नारायणगढको गौरेश्वर पशुपति मन्दिरले फागुन १६ र १७ गते रजत महोत्सव मनाउने

नारायणगढको गौरेश्वर पशुपति मन्दिरले फागुन १६ र १७ गते रजत महोत्सव मनाउने
निर्मल पाैडेल चितवन । नारायणगढको पोखरा बसपार्कमा रहेको श्री गौरेश्वर पशुपति मन्दिरले रजत महोत्सव मनाउने भएको छ । यही फागुन १६ र १७ गते रजत महोत्सव–२०७८ मनाउन तयारि गरिएको हो ।मन्दिर व्यवस्थापन समितिले आज शनिबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक सूर्य कुमार प्रकाण्ड पियाले रजत महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताए । रजत महोत्सवको गलेश्वर आश्रम देवघाधामका पिठाधिस अनन्त श्री विभुषित महा...

लक्की मिडिया हाउसद्धारा तीन विधाका ब्यक्तित्वहरु सम्मानित

लक्की मिडिया हाउसद्धारा तीन विधाका ब्यक्तित्वहरु सम्मानित
चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा बहुप्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को भब्य प्रिमियर शो तथा सम्मान कार्यक्रममा तीन विधाका ब्यक्तित्वहरु सम्मानित भएका छ्न् । बहुप्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को भब्य प्रिमियर शोको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तिहरुलाई उनीहरुको काम र भूमिकालाई उच्च मुल्यांकन गर्दै भरतपुरको चितवन सिनेप्लेक्स सिनेमा हलमा सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा चिकित्सकतर्फ भरतपुर सामुदायिक अस्पतालका बरिष्ठ फिजिस...

भरतपुरमा बाघको आक्रमणबाट महिलाको मृत्यु

भरतपुरमा बाघको आक्रमणबाट महिलाको मृत्यु
चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका १३ बेलशहरस्थित चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघले आक्रमण गरेको हो । आक्रमणबाट भरतपुर ६ निवासी ६० वर्षीय चिजा सार्कीको मृत्यु भएको हो । चिजा, सिता दराई र हेमराज सापकोटा तिनै जना सोही निकुञ्ज भित्र घांस काट्न गएकोमा चिजा सार्कीलाई बाघले आक्रमण गरेको हो । आक्रमणको खबर पाएपछि चितवन राष्ट्रिय निकुञ्जको वनको टोली हात्तीसहित गएर चिजाको शव ल्याएको छ । बाघले खाइरहेको अव...