×

चितवन सेरोफेरो

बिदेश पठाइदिन्छु भन्दै ४५ लाख बढी ठगी गर्ने महिला चितवनमा पक्राउ

बिदेश पठाइदिन्छु भन्दै ४५ लाख बढी ठगी गर्ने महिला चितवनमा पक्राउ
चितवन। विदेश पठाइदिन्छु भनेर ठगी गर्ने एक महिला  चितवनमा पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनले खैरहनी  नगरपालिका ७ सुर्तना बस्ने बर्ष ३८ बर्षीया मिना चौधरीलाई पक्राउ गरेको हाे । उनले वैदेशिक रोजगारमा राम्रो कमाई हुने, आफूले चिनजानका तथा आफन्तबाट भिषा मगाएर कम रकममा नै बिदेश पठाई दिन्छु भनि ठगी गरेको प्रहरीले जनाएको छ।बिभिन्न मितिमा ३८ जना ब्यक्तीहरुसँग पैतालिस लाख पचहत्तर हजार रुपैया मात्र रकम लिई ठगी गरेको सुचना पाएपछि प्रहरीले पक्राउ गरेको डिएसपी नरहरी अधिका...

रत्ननगर महोत्सवका नाममा वन्यजन्तुको चरनक्षेत्र कब्जा, संरक्षणकर्मीको विरोध

रत्ननगर महोत्सवका नाममा वन्यजन्तुको चरनक्षेत्र कब्जा, संरक्षणकर्मीको विरोध
चितवन । निकुञ्जका वन्यजन्तु चरन गर्ने क्षेत्रमा दुइमहिना कब्जा गरेर रत्ननगर महोत्सव आयोजना गरिन थालेको छ । वन्यजन्तुको वासस्थान रहेको टिकौली चौरमा रत्ननगर उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्ने भन्दै पुस महिनाको पहिलो साताबाट चौर कब्जा गरेको थियो । कोरोनाले सञ्चालनमा रोक लगाएपछि अहिलेसम्म त्यस स्थानमा टहरा नहटाइ चौर कब्जा गरिएको छ । पुसदेखि कब्जा गरेको चौरमा फागुन १५देखि महोत्सव आयोजना गर्ने भन्दै प्रचार गर्दै आएको छ । चितवन निकुञ्ज , वन डिभिजन कार्यालय भरतपुर, संरक्षणकर...

चितवनमा ६ वर्षिया बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

चितवनमा  ६ वर्षिया बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ
चितवन । भरतपुर महानगरपालिका वडा नं। २ आँपटारीमा ६ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । स्थानीय अन्दाजी ३७ वर्षिय पुरुषलाई प्रहरीले हिजो शनिबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले एक जनालाई नियन्त्रणमा लिएको स्वीकार गर्दै घटनाबारे विस्तृत विवरण दिन अस्वीकार गर्नुभयो । उहाँले भन्नुभयो “उद्योग हो कि दुरुत्साहन हो कि, बलात्कार हो भन्ने बारे बुझ्दै छौं, अहिले नै यही हो भन्न मिलेन ।” उहाँले नियन्त्रणमा लिएको व...

भरतपुरको साकुरा रेष्टुरेन्टबाट पाँच जुवाडे पक्राउ

भरतपुरको साकुरा रेष्टुरेन्टबाट पाँच जुवाडे पक्राउ
चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले जुवा  खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं। १० स्थित साकुरा रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता नरहरी अधिकारी अनुसार कार्यालयबाट खटिएका प्रहरी टोलीले भरतपुर १० का ३६ वर्षिय प्रकाश रानाभाट, रौतहट घर भई भरतपुर ७ मा बस्ने ३० वर्षिय सुवास महतो, भरतपुर ४ का ५६ वर्षिय टुङराज लामिछाने, भरतपुर १० का ४८ वर्षिय सरोज खनाल र भरतपुर १२ का ४२ वर्षिय राजकुमार श्रेष्ठलाई पक्राउ गरिएको ह...

महानगरभित्रका योजनाहरु निर्धारित मितिमै सम्पन्न गर्न मेयर दाहालकाे निर्देशन

महानगरभित्रका  योजनाहरु निर्धारित मितिमै सम्पन्न  गर्न मेयर दाहालकाे निर्देशन
चितवन । भरतपुर महानगरभित्र संचालित योजनाहरुलाई निर्धारित मितिमै सम्पन्न गर्न महानगर प्रमुख दाहालले निर्देशन दिएकी छिन ।सघन शहरी तथा भवन निर्माण आयोजना, सडक डिभिजन र भतपुर महानगरले संचालन गरेका निर्माणाधीन आयोजनाहरु समयमै सम्पन्न गरी नगर विकासको महानगरको अभियानलाई सार्थक बनाउन दाहालले निर्माण ब्यवसायीलाई निर्देशन दिएकी हुन् । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको निर्माण व्यवसायी र सरकारी कार्यालयका अधिकारी बिचको कार्य समिक्षा बैठकमा यस्तो निर्देशन दिईएको हो । सो अवसर...

राप्ती नगरपालिका : एक सय बैठक, ८४० निर्णय, ९० प्रतिशतभन्दा बढी कार्यान्वयन

राप्ती नगरपालिका : एक सय बैठक, ८४० निर्णय, ९० प्रतिशतभन्दा बढी कार्यान्वयन
नारायण अधिकारी चितवन । जिल्लाको पूर्वी क्षेत्रमा समथर भूभाग र विकट पहाडी क्षेत्र समेटिएर बनेको राप्ती नगरपालिकामा जनप्रनिनिधि आएसँगै एक सय वटा बैठक भएका छन् । ती बैठकमा ८४० वटा निर्णय गरी ९० प्रतिशत कार्यान्वयनमा आएका छन् । पाँच प्रतिशत कार्यान्वयनका चरणमा छन् भने पाँच प्रतिशत विविध कारणले कार्यान्वयन हुन सकेका छैनन् । महिला प्रमुख रहेको यस नगरपालिकामा जनप्रतिनिधि आएसँगै नगरवासीले अनुभूति हुने गरी विकासका काम भएको जनप्रतिनिधिको भनाइ छ । नगर प्रमुख प्रभा बरालका अनुसार वि...

रत्ननगरमा मोवाइल पत्रकारिता तालिम सुरु

रत्ननगरमा मोवाइल पत्रकारिता तालिम सुरु
रत्ननगर । चितवनको रत्ननगरमा पत्रकारहरुको लागि मोवाइल पत्रकारिता तालिम सुरु भएको छ ।उपमेयरसंग पत्रकार कार्यक्रम अन्तर्गत रत्ननगर नगरपालिकाको आयोजनामा दुई दिने तालिम सुरु भएको हो । प्रविधिको उच्चतम प्रयोग गरी तत्काल नागरिकलाई सुचना प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै मेयर नारायण वनले पत्रकारहरुको क्षमता बृद्धि गर्दै उनीहरुलाई थप व्यवसायिक बनाउन तालिम आयोजना गरिएको बताए । मेयर वनले नगर विकासमा भएका राम्रा कुराहरुलाई प्राथमिकता दिन र हुन नसके...

चितवनमा १४२ जना एकैसाथ राप्रपामा प्रवेश

चितवनमा १४२ जना एकैसाथ राप्रपामा प्रवेश
चितवन । चितवनमा १ सय ४२ जना राप्रपामा प्रवेश गरेका छन् । १ सय ४२ जना बिभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका हुन् । चितवन क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा प्रवेश गरेकाे राप्रपाका युवा नेता सुलव सिग्देलले जानकारी दिनुभयाे । पार्टी प्रवेश गर्ने अधिकाँस युवाहरु थिए । नवप्रवेशीहरुलाई राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले टिका तथा खादा लगाएर स्वागत गर्नुभयो । सोही भेलाले क्षेत्री नम्बर १ क र ख को समितिमा पदाधिकारी तथा सदस्यमा...

नेकपा एमालेका श्रेष्ठ, प्रधान र पियालाई सम्मान

नेकपा एमालेका श्रेष्ठ, प्रधान र पियालाई सम्मान
चितवन । नेकपा एमालेकाे दशाैँ महाधिवेशनबाट चितवन जिल्ला सदस्यमा निर्वाचित भरतपुर महानगरपालिका वडा नं १ का सन्देश कुमार श्रेष्ठ, प्रह्लाद प्रधान तथा लेखा आयोग सचिव राजेन्द्र कुमार पियालाई मंगलबार एक कार्यक्रमकाबीच स्वागत तथा सम्मान गरिएकाे छ। नेकपा एमाले भरतपुर महानगरपालिका वडा न १ कमिटीका अध्यक्ष शुक्रकुमार श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटीका सदस्य नारायण अधिकारी प्रमुख अतिथि रहेका थिए। सम्मानप्रति धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित सदस्...