×

चितवन सेरोफेरो

चितवनमा ट्याङकरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् र छोरी घाइते

चितवनमा ट्याङकरको  ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् र छोरी घाइते
चितवन । चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । चितवन ट्राफिक प्रहरी कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना७ ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङकरले नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३२ प ८२४८ नम्बरको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिँदा भरतपुर महानगरपालिका–१८ की ३१ वर्षीय अम्बिसा गुरुङको ज्यान गएको हो । उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा मृतक गुरुङको तीन वर्ष...

याैनजन्य कृयाकलाप गरेको भन्दै नारायणगढमा होटल सञ्चालिका सहित पाँच पक्राउ

याैनजन्य कृयाकलाप गरेको भन्दै नारायणगढमा होटल सञ्चालिका सहित पाँच पक्राउ
चितवन । चितवन प्रहरीले होटलमा याैनजन्य कृयाकलापमा संग्लन रहेको भन्दै नारायणगढबाट होटल सञ्चालक सहित पाँच जनालाई पक्राउ गरेको छ ।नारायणगढको लायन्सकमा रहेको कल्पना होटल एण्ड लजमा गैरकानूनी कृयाकलापमा संग्लन रहेको भन्दै होटल सञ्चालक कल्पना महरा सहित चारजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ पर्नेमा २ जना युवा र २ युवती रहेका छन् । भारत विहार घर भै हाल भरतपुर महानगरपालिका वडा नं. २ बस्ने बर्ष १९ का मोहम्द ईम्तियाद, भरतपुर महानगरपालिका वडा नं. १ का...

चितवनको रत्ननगर वडा नं ७ बन्यो बालमैत्री वडा

चितवनको रत्ननगर वडा नं ७ बन्यो बालमैत्री वडा
रत्ननगर  । चितवनको रत्ननगर नगरपालिका वडा नं ७ लाई वालमैत्री तथा वालश्रम मुक्त घोषणा गरिएको छ।बालमैत्री स्थानीय सासन कार्यान्वयन निर्देशिक २०७८ अनुरुप ५१ वटा सुचक पुरा गरी सो वडालाई शुक्रवार बालमैत्री घोषणा गरिएको हो । वालमैत्री घोषणा हुने सो वडा सातौ हो । यस अघि वडा नं ३,५,१०,१४,१५ र १६ लाई वालमैत्री वडा घोषणा गरिसकिएको छ । १६ वटा वडा मध्ये बाँकी रहेका ९ वटा वडालाई बालमैत्री तथा वालश्रम मुक्त घोषणा गरी चैत महिना भित्र समग्र नगरलाई नै वालमैत्री नगर घोषणा गर्ने तयारी रहेको मेयर...

राप्रपा चितवन निर्वाचन क्षेत्र नम्बर ३ (क) को कार्यालय उद्घाटन

राप्रपा चितवन निर्वाचन क्षेत्र नम्बर ३ (क) को कार्यालय उद्घाटन
चितवन – राप्रपा को चितवन निर्वाचन क्षेत्र नम्बर ३(क) को पार्टी कार्यालयको उद्घाटन गरिएको छ ।भरतपुरको मंगलपुरस्थित कार्यालयको आज ९शुक्रबार० राप्रपाकी केन्द्रीय सहमहामन्त्री एवं बागमती प्रदेश सांसद रिना गुरुङले उद्घाटन गरेकी हुन् । सोही कार्यक्रम मार्फत बिभिन्न पार्टी परित्याग गरी ९ जना राप्रपामा प्रवेश गरेको भरतपुर महानगर सचिव समेत रहेका युवा नेता  सुलभ सिग्देलले जानकारी दिए । उनीहरुलाई सांसद गुरुङ, राप्रपा बागमती प्रदेश अध्यक्ष पिताम्बर अर्याललगायतले टिका लगाएर पार्टीमा स्...

चितवनमा देखियो बर्डफ्लू, नियन्त्रणको कार्य शुरु

चितवनमा देखियो बर्डफ्लू, नियन्त्रणको कार्य शुरु
चितवन। जिल्लामा कुखुरामा लाग्ने बर्डफ्लू देखिएको छ । राप्ती नगरपालिका वडा नं। ६ स्थित एक फर्ममा बर्डफ्लू देखिएको हो ।प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले एउटा फर्ममा देखिएको र त्यसलाई नियन्त्रणमा लिने कार्य शुरु भएको बताउनु भयो । गत माघ २५ गते नमूना परीक्षण गरिएकोमा २७ गते बर्डफ्लू पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।उक्त फर्मको एक सय मिटर वरपरका पक्षी नष्ट गर्ने काम आज हुने उहाँले  जानकारी दिनुभयो ।

देव अस्पतालका  सापकोटा र रत्ननगरका न्यौपाने नक्कली पिसिआर रिपोर्ट बनाएको आरोपमा पक्राउ

देव अस्पतालका  सापकोटा र रत्ननगरका न्यौपाने नक्कली पिसिआर रिपोर्ट बनाएको आरोपमा पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक हेल्थ एसिस्टेन्ट २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन् । अस्पतालमा उपचारका लागि आएका बिरामीको नमूना सङ्कलन गरी नक्कली रिपोर्ट बनाएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनीहरूलाई य...

एमाले चितवनको अध्यक्षमा युवानेता रामप्रसाद न्यौपाने चयन

एमाले चितवनको अध्यक्षमा युवानेता रामप्रसाद न्यौपाने चयन
चितवन । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० चितवनको अध्यक्षमा राम न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ । १० औं जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।लामो समयपछि आज जिल्ला नेतृत्वको टुंगो लागेको एमाले स्रोतले जानकारी दिएको छ । एमाले चितवनको उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन हुनुभएको छ । आजै १३२ सदस्सीय जिल्ला कमिटीको घोषणा हुँदैछ । ६ जना एकता प्रकृया र ६ जना मनोनितसहित १३२ जना ...

मृतावस्थामा गैँडा फेला

मृतावस्थामा गैँडा फेला
चितवन। चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैँडा मृतावस्थामा फेला परेको छ ।बाघको आक्रमणबाट गैँडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । गैँडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उहाँले बताउनुभयो । निकुञ्जमा चालू आर्थिक वर्षमा दुई चोरी शिकारी र २२ प्राकृतिक कारणले गैँडा मरेका छन् । –रासस

राप्रपा रत्ननगर नगरपालिकाको कार्यालयकाे उद्घाटन

राप्रपा रत्ननगर नगरपालिकाको कार्यालयकाे उद्घाटन
चितवन । राष्ट्रिय प्रजातन्त्रपार्टी रत्ननगर नगरपालिकाको कार्यालय उद्घाटन भएको छ ।नगरपालिकाको १० नं। वडामा स्थापना गरिएको कार्यालयको राप्रपाकी केन्द्रीय सहमहामन्त्री तथा वाग्मती प्रदेश सांसद रिना गुरुङले उद्घाटन गरेकी हुन् । उद्घाटनपछि आउँदै गरेको तीनै तहको चुनावमा चितवनलाई राप्रपामय बनाउन गुरुङले सबैलाई आग्रह गरेकी छन् । राप्रपाले विभिन्न स्थानीय तहका वडामा कार्यालय भवनको उद्घाटन गरिहेको राप्रपा चितवनका युवा नेता सुलव सिग्देलले बताए । राप्रपा रत्ननगर नगरपालिकाका अध्यक्ष...