चितवन । राष्ट्रिय प्रजातन्त्रपार्टी रत्ननगर नगरपालिकाको कार्यालय उद्घाटन भएको छ ।नगरपालिकाको १० नं। वडामा स्थापना गरिएको कार्यालयको राप्रपाकी केन्द्रीय सहमहामन्त्री तथा वाग्मती प्रदेश सांसद रिना गुरुङले उद्घाटन गरेकी हुन् ।

उद्घाटनपछि आउँदै गरेको तीनै तहको चुनावमा चितवनलाई राप्रपामय बनाउन गुरुङले सबैलाई आग्रह गरेकी छन् । राप्रपाले विभिन्न स्थानीय तहका वडामा कार्यालय भवनको उद्घाटन गरिहेको राप्रपा चितवनका युवा नेता सुलव सिग्देलले बताए ।

राप्रपा रत्ननगर नगरपालिकाका अध्यक्ष गोविन्दप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा प्रदेश सदस्य मधुप भट्टराई, ज्ञानुजंग लामा, जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकाल, उपाध्यक्ष बलराम खनाल, क्षेत्र नं। १ ख का हरिशरण भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया