×

चितवन । चितवन प्रहरीले होटलमा याैनजन्य कृयाकलापमा संग्लन रहेको भन्दै नारायणगढबाट होटल सञ्चालक सहित पाँच जनालाई पक्राउ गरेको छ ।नारायणगढको लायन्सकमा रहेको कल्पना होटल एण्ड लजमा गैरकानूनी कृयाकलापमा संग्लन रहेको भन्दै होटल सञ्चालक कल्पना महरा सहित चारजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पक्राउ पर्नेमा २ जना युवा र २ युवती रहेका छन् । भारत विहार घर भै हाल भरतपुर महानगरपालिका वडा नं. २ बस्ने बर्ष १९ का मोहम्द ईम्तियाद, भरतपुर महानगरपालिका वडा नं. १ का वर्ष १९ का सञ्जोग महरा, नवलपुर बौदीकाली गाउँपालिका वडा नं. ५ का वर्ष १९ की मुस्कान ठकुरी र भरतपुर ७ घर भएकी वर्ष २४ की रोशनी मगर रहेका छन् ।

तपाईको प्रतिक्रिया