चितवन – राप्रपा को चितवन निर्वाचन क्षेत्र नम्बर ३(क) को पार्टी कार्यालयको उद्घाटन गरिएको छ ।भरतपुरको मंगलपुरस्थित कार्यालयको आज ९शुक्रबार० राप्रपाकी केन्द्रीय सहमहामन्त्री एवं बागमती प्रदेश सांसद रिना गुरुङले उद्घाटन गरेकी हुन् ।

सोही कार्यक्रम मार्फत बिभिन्न पार्टी परित्याग गरी ९ जना राप्रपामा प्रवेश गरेको भरतपुर महानगर सचिव समेत रहेका युवा नेता  सुलभ सिग्देलले जानकारी दिए । उनीहरुलाई सांसद गुरुङ, राप्रपा बागमती प्रदेश अध्यक्ष पिताम्बर अर्याललगायतले टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

बागमती प्रदेश अध्यक्ष अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सदस्य ज्ञानुजंग लामा, पूर्व केन्द्रीय सदस्य एवं पूर्व जिल्ला अध्यक्ष रामहरि कँडेल, जिल्ला अध्यक्ष रुद्र ढकाल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया