चितवन। विदेश पठाइदिन्छु भनेर ठगी गर्ने एक महिला  चितवनमा पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनले खैरहनी  नगरपालिका ७ सुर्तना बस्ने बर्ष ३८ बर्षीया मिना चौधरीलाई पक्राउ गरेको हाे ।

उनले वैदेशिक रोजगारमा राम्रो कमाई हुने, आफूले चिनजानका तथा आफन्तबाट भिषा मगाएर कम रकममा नै बिदेश पठाई दिन्छु भनि ठगी गरेको प्रहरीले जनाएको छ।बिभिन्न मितिमा ३८ जना ब्यक्तीहरुसँग पैतालिस लाख पचहत्तर हजार रुपैया मात्र रकम लिई ठगी गरेको सुचना पाएपछि प्रहरीले पक्राउ गरेको डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया