×

राजनीति

एमाले नवलपुरका महाधिवेशन प्रतिनिधिहरुलाई बधाई सहित प्रमाणपत्र प्रदान

एमाले नवलपुरका महाधिवेशन प्रतिनिधिहरुलाई बधाई सहित प्रमाणपत्र प्रदान
कावासोती । नेकपा एमाले नवलपुरबाट पार्टिको १० औं राष्टिय महाधिवेशनका लागि छनौट भएका २० जना महाधिवेशन प्रतिनिधिहरुलाई बधाई सहित प्रमाणपत्र वितरण गरिएको छ । सदरमुकाम कावासोतीमा आईतबार दिउसो एक कार्यक्रमका विच जिल्ला ईन्चार्ज तिलक बहादुर महत तथा पार्टिका केन्द्रीय सदस्य रविन्द्र अधिकारीले सर्वसम्मत छनौट भएका सबै प्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । नेकपा एमाले नवलपुरले शनिवार जिल्लाबाट प्रतिनिधित्व गर्ने २० जनाको नामावली सर्वसम्मत टुगांउन सफल भएको थियो ।

एमाले नवलपुरका युवाले भने : महाधिवेशन प्रतिनिधि छनौट अवैध !

एमाले नवलपुरका युवाले भने : महाधिवेशन प्रतिनिधि छनौट अवैध !
गैँडाकोट । नेकपा एमाले नवलपुरका युवाहरुले महाधिवेशन प्रतिनिधि छनौट कार्य अवैध भएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् । निर्वाचन समितिका संयोजकलाई महाधिवेशन प्रतिनिधि छनौट अवैधानिक भएको भन्दै पुर्नविचार गर्न आग्रह गरेका छन् । महाधिवेशन प्रतिनिधिका लागि दरखास्त हालेका विद्रोही गिरी, मदन गिरी , भुपेन्द्र खनाल र हुम बहादुर गुरुङले हस्ताक्षर गरका छन् । उनिहरुको विज्ञेप्तीमा जिल्लाको भौगोलिक समावेशीकरण अनुसार प्रतिनिधि छनौट नभएको, निर्वाचन तालिका अनुसारको काम नभएको र विधान ...

काँग्रेस युवा नेता गोपाल प्रसाद सापकोटाको सभापतित्वमा प्यानल घोषणा

काँग्रेस युवा नेता गोपाल प्रसाद सापकोटाको सभापतित्वमा प्यानल घोषणा
नवलपुर । मंसिर ३ गतेका लागि तय भएको नेपाली कांग्रेस नवलपरासी ( बर्दघाट सुस्तापुर्व) प्रदेश सभा क्षेत्र नं. १ (क) क्षेत्रीय कार्यसमितिका लागि युवा नेता गोपाल प्रसाद सापकोटाको नेतृत्वमा प्यानलको घोषणा गरिएको छ । केहिदिनअघि तारापती खरेलको नेतृत्वमा डा शंसाक कोईराला समुहले प्यानलको घोषणा गरेपछि त्यसको जवाफमा कांग्रेस नेता महेन्द्रध्वज जिशी समुहले पनि आफ्नो प्यानलको घोषणा गरेको हो । गैँडाकोटको गैँडाकोट रिर्सोटमा आयोजित प्यानल घोषणा कार्यक्रममा काँग्रेसका पाका नेता महेन्द्रभक्त ...

वाम बुद्धिजीवी प्रेम रिमालद्धारा माओवादी केन्द्र परित्याग

वाम बुद्धिजीवी प्रेम रिमालद्धारा माओवादी केन्द्र परित्याग
चितवन। नेकपा माओवादी केन्द्रका नेता एवं वाम बुद्धिजीवी प्रेम रिमालले पार्टी परित्याग गरेका छन् । उनले आज बेलुकी सामाजिक सञ्जाल फेसबुक मार्फत नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । वाम बुद्धिजीवी रिमालले माक्र्सवादप्रति आफ्नो उच्च सम्मान रहेको भन्दै आफू आवद्ध संस्थाहरु निष्ठावान नभएकाले पार्टी परित्याग गरेको जनाएका छन् । रिमालले  भने, ‘कम्युनिष्ट पार्टी भनेको कम्युनिष्ट पार्टी जस्तै हुनुप¥यो, तर नाम मात्रै कम्युनिष्ट राखेर कम्युनिष्ट हुने कुरा भएन ।’ जिन्दग...

पार्टीनिकट पत्रकारलाई माधव नेपालले भने : साँझ नपर्दै भट्टी छिर्ने बानी आजैबाट त्याग्नुस्

पार्टीनिकट पत्रकारलाई माधव नेपालले भने : साँझ नपर्दै भट्टी छिर्ने बानी आजैबाट त्याग्नुस्
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साँझ नपर्दै होटल र भट्टी चाहार्ने बानी त्याग्न पार्टी निकट पत्रकारहरुलाई निर्देशन दिएका छन् । नेकपा एस निकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले साँझ पर्ने वित्तिकै होटल धाउनैपर्ने र रक्सी नखाई निद्रै नलाग्नेहरुको बारेमा आफूले जानकारी राख्ने बताएका हुन् । नेपालले भने–अस्ति सर्लाही जाँदा त्यहाँ सुनेँ,गर्मी महिनामा साढे सात बजे र जाडो मौसममा साढे पाँचै बजे होटलमा जम्मा हुने गर्छ...

प्रधानन्यायाधीश जबरालाई रोक्न आइतबार पनि धर्ना दिने नेपाल बारको घोषणा

प्रधानन्यायाधीश जबरालाई रोक्न आइतबार पनि धर्ना दिने नेपाल बारको घोषणा
काठमाडौं । आन्दोलनरत नेपाल बार एशोसिएसनले आइतबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी सर्वोच्च अदालतमा धर्ना दिने भएको छ । बारको आह्वानमा कानुन व्यवसायीहरुले शुक्रबार सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए । तर प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए ।धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि धर्ना दिने बताए । आफूहरु सडकमा जान नचाहेको, तर सर्वोच्च प्रशासनले ठूलो संख्यामा सुर...

एमाले नवलपुर : महाधिवेशन प्रतिनिधीका लागी ९७ जनाको उम्मेदवारी दर्ता

एमाले नवलपुर : महाधिवेशन प्रतिनिधीका लागी ९७ जनाको उम्मेदवारी दर्ता
नवलपुर – नेकपा एमालेको १० औं महाधिवेशन प्रतिनिधि छनोटको लागि नवलपुरमा आज मनोनयन दर्ता भएको छ । नवलपुरको दुई वटा निर्वाचन क्षेत्र र दलित तर्फ गरी ९७ जनाले मनोनयन दर्ता गराएको निर्वाचन संयोजक गणेश सापकोटाले बताउनुभयो । मनोनयन दर्ता गरेकाबाट २० जना महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । एमालेको १० औं महाधिवेशनको लागि नवलपुर क्षेत्र नं। १ मा खुल्ला तर्फ ४३ जनाले मनोनयन दर्ता गराएका छन् । जसबाट ७ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । यस्तै महिला तर्फ १३ जनाले मनोनयन दर्ता गराएका छन...

पेट्रोलियम पदार्थमा  मूल्यवृद्धि गरेको भन्दै विप्लवद्धारा नेपाल बन्दको घोषणा

पेट्रोलियम पदार्थमा  मूल्यवृद्धि गरेको भन्दै विप्लवद्धारा नेपाल बन्दको घोषणा
नवलपुर । नेपाल कम्युनिस्ट पार्टी नेकपाले नेपाल बन्दको घोषणा गरेको छ । सरकारले दैनिक जीवनसँग जोडिएको पेट्रोलियम पदार्थमा  मूल्यवृद्धि गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको हो । नेकपाले मूल्यवृद्धि बिरुद्ध सशक्त प्रतिरोध संघर्षमा उत्रन सबै जनवर्गीय संगठन र समस्त जनसमुदायमा अपिल गरेको छ । साथै जनभावनाको कदर गर्दै मूल्यवृद्धि खारेज गर्न समेत सरकारसँग माग गरेको छ । नेकपाका महासचिव विप्लवले बिहीबार प्रेस विज्ञप्ती गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको ...

जबराबारे गम्भीर कदम चाल्न दलहरुलाई बार एशोसिएसनको आग्रह

जबराबारे गम्भीर कदम चाल्न दलहरुलाई बार एशोसिएसनको आग्रह
काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानमन्त्रीसहित संसदमा प्रतिनिधीत्व गर्ने राजनीतिक दलहरुलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको विषयमा ‘गम्भिर भएर उपयुक्त कदम चाल्न अनुरोध गर्ने’ निर्णय गरेको छ । साथै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार र सोमबार देशव्यापी रुपमा छलफल गरेको बारले संसदमा रहेका दलहरुलाई ज्ञापनपत्र बुझाउने निर्णय भएको महासचिव लिलामणी पौड्यालले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री तथा संसदमा रहेका राजनीतिक दलहरुलाई अहिलेको अवस्थावारे गम्भिर भएर ...