×

गैँडाकोट । नेकपा एमाले नवलपुरका युवाहरुले महाधिवेशन प्रतिनिधि छनौट कार्य अवैध भएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् । निर्वाचन समितिका संयोजकलाई महाधिवेशन प्रतिनिधि छनौट अवैधानिक भएको भन्दै पुर्नविचार गर्न आग्रह गरेका छन् ।

महाधिवेशन प्रतिनिधिका लागि दरखास्त हालेका विद्रोही गिरी, मदन गिरी , भुपेन्द्र खनाल र हुम बहादुर गुरुङले हस्ताक्षर गरका छन् । उनिहरुको विज्ञेप्तीमा जिल्लाको भौगोलिक समावेशीकरण अनुसार प्रतिनिधि छनौट नभएको, निर्वाचन तालिका अनुसारको काम नभएको र विधान अनुसार पार्टि सदस्यता प्राप्त गरेको पुरुषको हकमा १० र महिलाको हकमा ७ वर्ष पुरा नभएको लगायतका विषयहरु समेटिएको छ ।

तपाईको प्रतिक्रिया