×

चितवन। नेकपा माओवादी केन्द्रका नेता एवं वाम बुद्धिजीवी प्रेम रिमालले पार्टी परित्याग गरेका छन् । उनले आज बेलुकी सामाजिक सञ्जाल फेसबुक मार्फत नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् ।

वाम बुद्धिजीवी रिमालले माक्र्सवादप्रति आफ्नो उच्च सम्मान रहेको भन्दै आफू आवद्ध संस्थाहरु निष्ठावान नभएकाले पार्टी परित्याग गरेको जनाएका छन् । रिमालले  भने, ‘कम्युनिष्ट पार्टी भनेको कम्युनिष्ट पार्टी जस्तै हुनुप¥यो, तर नाम मात्रै कम्युनिष्ट राखेर कम्युनिष्ट हुने कुरा भएन ।’ जिन्दगीको लामो समय कम्युनिष्ट आदर्शप्रति निष्ठावान रहेको उल्लेख गर्दै अहिले पनि निष्ठावान रहेको बताए ।

‘म जोडिएको संस्थाहरु निष्ठावान नरहेका कारणले मैले आफ्नो आवद्धता स्वेच्छिक रुपबाट त्यागेको हो’ रिमालले भने, ‘केही मुठ्ठीभरका नेताहरु र उनीहरुको आसपासमा भएका व्यक्तिहरुको जीवनमा विचित्रको परिवर्तन भयो तर औषत जनताको जीवनस्तरमा परिवर्तन भएन ।’ उपलब्धीका हिसाबले एउटा उपलब्धी भए पनि त्यो नदेखिएको उनले बताए ।

 

तपाईको प्रतिक्रिया