×

राजनीति

प्रधानन्यायाधीशको राजीनामा नआएपछि बार दोस्रो चरणको आन्दोलनको तयारीमा

प्रधानन्यायाधीशको राजीनामा नआएपछि बार दोस्रो चरणको आन्दोलनको तयारीमा
काठमाण्डौ - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागसहित आन्दोलन गरिरहेको नेपाल बार एसोसिएशनले विरोधका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । आज बिहान साढे १० बजे न्यायपालिका शुद्धीकरण अभियानमा एक घण्टा कालोपट्टीसहितको आन्दोलन तय गरिएको भन्दै बारले काठमाण्डौ उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन आह्वान गरेको छ । बारले गएको बुधवारसम्म दिइएको अल्टिमेटमा पनि प्रधानन्यायाधीश जबराबाट राजीनामा नआएपछि दोस्रो चरणको आन्दोलनको तयारी गरेको हो । बारले प्रधानन्यायाध...

बागमतीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

बागमतीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदैछन्।आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद लक्ष्मण लम्सालले जानकारी दिए।प्रस्ताव पेश भएसँगै मतदान पनि आजै हुनसक्ने उनले बताए।सोमबार ३ बजे संसद बैठक छ। त्यहीँ बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश हुन्छ। सायद आजनै विश्वासको मतमाथि मतदान हुन्छ होला,’ उनले भने। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभा...

एमसीसी पास गर्छौँ भनेर चिठी लेखेको होइन, थप समय मागिएको हो : प्रचण्ड

एमसीसी पास गर्छौँ भनेर चिठी लेखेको होइन, थप समय मागिएको हो : प्रचण्ड
काठमाण्डौ – पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन  सम्झौता पारित गर्छौँ भनेर चिठी नलेखेको बताउनुभएको छ । हिजो बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्छौँ भनेर प्रचण्ड र आफूले चिठी लेखेको बताउनुभएको थियो । त्यही भनाइको खण्डन गर्दै अध्यक्ष प्रचण्डले पारित गर्छौँ भनेर चिठी नलेखेको स्पष्टीकरण दिनुभएको हो । आफ्नै निवासमा आएको देउसीरभैलो टोलीलाई सम्बोधन गर्दै उहाँले एमसीसीका ...

एमाले निकट कानुन व्यवसायी संगठनमा लफडा

एमाले निकट कानुन व्यवसायी संगठनमा लफडा
काठमाडौं । न्यायालयको विवादबारे सार्वजनिक प्रेस विज्ञप्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन पीपीएलए मा खैलाबैला मच्चिएको छ । बुधबार बिहान पीपीएलएका कार्यबाहक अध्यक्ष रमा श्रेष्ठको नाममा जारी विज्ञप्तिमा सर्वोच्च अदालतमा इजलास नबसेकामा विरोध जनाइएको छ । त्यस्तै प्रधानन्यायाधीश र न्यायाधीशमाथि भागवण्डा र सेटिङको प्रश्न उठ्नु दुखद भन्दै त्यस्ता विषयमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ । ‘न्या...

एमाले गैडाकोटमा २३८ मत गनियो, षडानन्द १२८ गिरीराज ९७

एमाले गैडाकोटमा  २३८ मत गनियो, षडानन्द १२८ गिरीराज ९७
गैँडाकोट । नेकपा एमाले गैँडाकोटको मतगणना जारी रहेको छ । अध्यक्ष पदमा षडानन्द लामिछानेलाई अग्रता मिलेको छ । २३८ मत गणना सकिदा लामिछानेले १२८ मत प्राप्त गर्नुभएको छ । अर्का उम्मेदवार गिरीराज उपाध्यायले ९७ मत प्राप्त गर्नुभएको छ । सह सचिव पदमा श्रीराम सुवेदीले अग्रता लिनुभएको छ । उहाँले १३० मत प्राप्त गर्नुभएको छ । त्यस्तै विमल शर्माले ५९, नरबहादुर थापाले ६७, कोकिसरा रानामगर ९३  र खेमनारायण लम्सालले ६६ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष र सह सचिव चयनका लागि भएको मतदानमा ४३९ जनाल...

एमाले गैडाकोटमा मतगणना जारी, दुई अध्यक्ष विच प्रतिस्पर्धा

एमाले गैडाकोटमा मतगणना जारी, दुई अध्यक्ष विच प्रतिस्पर्धा
गैडाकोट।  नेकपा एमाले गैडाकोट नगरकमिटीको नया नेतृत्व चयनका लागि भएको मतदानको मतगणना अहिले जारी छ । हालसम्म अध्यक्ष पदका उम्मेदवार षडानन्द लामिछानेले ७७ र प्रत्यासी गिरीराज उपाध्यायले ५२ मत प्राप्त गरेका छन। मतदानमा कुल ४३९ मत खसेको छ ।

एमाले गैँडाकाेटकाे सचिवमा पाैडेल निर्विराेध, अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा भाेलि विहान भाेटिङ

एमाले गैँडाकाेटकाे सचिवमा पाैडेल निर्विराेध, अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा भाेलि विहान भाेटिङ
गैँडाकाेट । नेकपा एमाले गैँडाकोटको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने भएको छ ।नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न एमाले नेतृत्व असफल भएपछि भोटिङको माध्यमबाट नयाँ नेतृत्वको छिनोफानो गरिने भएको हो ।गैँडाकोटको शिख्रौली मध्यवर्ती उपभोक्ता समूहको कार्यालय नजिकैको खुला चौरमा विहान ८:३०  वजेबाट मतदान हुने निर्वाचन मण्डलका संयोजक रामुकान्त अर्यालले जानकारी दिनुभयो । अध्यक्ष पदमा युवा नेता गिरीराज उपाध्याय र निर्वतमान अध्यक्ष षडानन्द लामिछाने विच प्रतिष्पर्धा हुने भएको छ । अ...

प्रचण्डलाई ओलीले भनेः चितवन कुरुक्षेत्र होइन, धार्मिक क्षेत्र हुन्छ

प्रचण्डलाई ओलीले भनेः चितवन कुरुक्षेत्र होइन, धार्मिक क्षेत्र हुन्छ
चितवन - नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले चितवनलाई कुरुक्षेत्र नभइ धार्मिक क्षेत्र बनाउने बताएका छन् । आज ९मंगलबार० चितवनको माडीमा आयोजित एमालेको कार्यक्रममा ओलीले चितवनलाई कुरुक्षेत्र बनाउने हिम्मत नगर्न चेतावनी दिनुभयो । केही दिनअघि चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन आगामी चुनावमा कुरुक्षेत्र बन्ने बताउनुभएको थियो । ‘कुरुक्षेत्र किन बनाउने ?,’ ओलीले भन्नुभयो, ‘प्रचण्डले पहिलेकै बैस सम्झेर कुरुक्षेत्र बनाउने भनेका होलान् । अब कु...

एमालेको पालिका अध्यक्षमा २४ वर्षीय युवा चयन

एमालेको पालिका अध्यक्षमा २४ वर्षीय युवा चयन
गाेरखा । गोरखामा नेकपा एमालेको भीमसेन थापा गाउँपालिका कमिटीको अध्यक्षमा २४ बर्बीय सुजन सिंखडा चयन भएका छन् । यही कात्तिक ९ गते भएको पालिका अधिवेशनबाट सिंखडा सर्वसम्मत गाउँपालिका अध्यक्षमा चयन भएका हुन् । उनले भीमसेनथापा गाउँपालिका–४ धावाका २०७० सालदेखि एमालेको विद्यार्थी राजनीति शुरु गरेका थिए । उनले एसएलसी सकेर चितवन पढ्न गएपछि विद्यार्थी राजनीति थालेका बताए । को हुन् सिंखडा ? चितवनको नेपाल पोलिटेक्निक इन्स्टिच्यूट (एनपीआई) मा अध्ययन गर्दा २०७० सालमा पहिलो पटक एमालेको...