×

राजनीति

संसद्‌मा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने विपक्षीको बटमलाइन

संसद्‌मा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने विपक्षीको बटमलाइन
काठमाडौं । प्रतिपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक सहज रुपमा चलाउनका निम्ति प्रधानमन्त्री बालेन शाहले संसद्मा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने शत राख्ने भएका छन् ।विगतमा यही विषय राखेर प्रतिनिधिसभामा विपक्षी दलहरूले विरोध गर्दै आएका छन् । गत शुत्रबारको बैठकमा विपक्षीको विरोधका बीच प्रतिनिधिसको बैठक चलेको थियो । नाराबाजीबीच प्रतिनिधिसभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित गरेको थियो । यसबाहेक मतदाता नामावलीसँग सम्बन्धित विधेयक, प्रतिनिधिसभा सदस्य निर्वाचनसँग सम्बन्धि...

एमालेले धन्यवादसहित मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने

एमालेले धन्यवादसहित मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने
काठमाडौं-  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले व्यवसायी मीनबहादुर गुरूङ ले पार्टी कार्यालय निर्माणका लागि उपलब्ध गराउने बताएकाे जग्गा धन्यवादसहित फिर्ता गर्ने तयारी गरेको छ।सोमबार बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली ले कलंकीस्थित १० रोपनी १४ आना जग्गा सम्बन्धी प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने कार्यसूची प्रस्तुत गरेका हुन्। गुरूङले २०८१ असोजमा एमालेलाई उक्त जग्गा दान दिने तथा पार्टी कार्यालय भवन निर्माण गरिदिने घोषणा गरेका थिए। त्यसपछि उक्त विषयलाई लिएर पार्टीभि...

छाती उघारेर ट्याटु देखाउँदै सांसद कार्कीको प्रतिक्रिया: ‘कहाँ छ मेरो ट्याटु ?’

छाती उघारेर ट्याटु देखाउँदै सांसद कार्कीको प्रतिक्रिया: ‘कहाँ छ मेरो ट्याटु ?’
काठमाडौं । रास्वपा सांसद कृष्णकुमार कार्की ले विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्।आज संसद भवन परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा सांसद कार्कीले बारम्बार आफूलाई आरोपबारे थाहा नभएको भन्दै प्रतिक्रिया दिएका थिए। सञ्चारकर्मीहरूले लगातार प्रश्न सोधिरहेपछि उनले असहज शैलीमा “म तपाईंहरूलाई एउटा कुरा देखाउँछु क्या” भन्दै आफ्नो कोट र टिसर्...

एसईई नतिजा आज साँझ सार्वजनिक हुने तयारी

एसईई नतिजा आज साँझ सार्वजनिक हुने तयारी
काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ।बोर्ड स्रोतका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक प्राविधिक काम अन्तिम चरणमा पुगेको छ। साँझ ५ बजेपछि बोर्ड बैठक बस्ने र उक्त बैठकपछि नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। बोर्डका एक अधिकारीले सम्भवत: आजै साँझ नतिजा सार्वजनिक हुने जानकारी दिएका छन्। बैठकमा सहभागी हुन बोर्डका सदस्यहरूलाई समेत बोलाइसकिएको छ।जंगबहादुर अर्यालले  ले पनि नतिजा ...

वरिष्ठता तोड्दै डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

वरिष्ठता तोड्दै डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको लामो समयदेखिको वरिष्ठताक्रमको परम्परा तोड्दै संवैधानिक परिषद्ले सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश डा. मनोज शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन शाह को प्रस्तावमा परिषद्का चार सदस्य सहमत भएका हुन् । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदेम्बे ले भने लिखित असहमति जनाएका छन् । संवैधानिक परिषद्सम्बद्ध स्रोत...

कांग्रेस भ्रातृसंस्थामा मनोनयनको तयारी – महिलामा मिना, तरुणमा मनिषको चर्चा

कांग्रेस भ्रातृसंस्थामा मनोनयनको तयारी – महिलामा मिना, तरुणमा मनिषको चर्चा
काठमाडौं । महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूमा नेपाली कांग्रेसले पदपूर्ति गर्ने भएको छ ।लामो समयदेखि महाधिवेशन गर्न नसकेका नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ लगायतका मुख्य भ्रातृ संस्थाहरूमा नेतृत्व मनोनयनको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले राजीनामा दिइसकेका छन् भने नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्र पार्टीको वर्तमान नेतृत्वसँग सहकार्यमा छैनन् । महाधिवेशनका लागि तदर्थ समितिको जिम्मेवारी पाए पनि तरुण दल र महि...

सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ – एमाले

सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ – एमाले
काठमाडौं । नेकपा एमालेले देशको नेपाली सेना, निजामती कर्मचारी र अन्तर्राष्ट्रिय समुदायप्रति आफ्नो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् नै रहेको बताएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा प्रतिनिधिसभा बैठकमा संसदीय दलका नेता रामबहादुर थापाले गरेको सम्बोधनबारे गम्भीरतापूर्वक छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । थापाले गरेको सम्बोधनबारे पार्टी भित्रैबाट कडा आलोचना भइरहेको छ । उनले रास्वपा पहिलो दल बन्नुमा नेपाली सेना, कर्मचारी, ...

नेतृत्व र नेताहरूबारे आवेगात्मक टिप्पणी नगर्न एमाले पङ्क्तिलाई सुहाङको अपिल

नेतृत्व र नेताहरूबारे आवेगात्मक टिप्पणी नगर्न एमाले पङ्क्तिलाई सुहाङको अपिल
काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले संसदीय दलको नेता चयनको विषयलाई लिएर नेतृत्व र नेताहरूबारे आवेगात्मक टिप्पणी नगर्न पार्टी पङ्क्तिमा अपिल गरेका छन् । उनले आफ्नो उम्मेदवारी पदको लोभ वा व्यक्तिगत महत्त्वाकाङ्क्षा नभई पार्टीभित्र नयाँ ऊर्जा र गतिशीलता थप्ने प्रयास भएको प्रष्ट पारेका छ्न् । सांसद नेम्वाङले पार्टीको मार्गदर्शक सिद्धान्त र ऐतिहासिक मूल्य(मान्यताप्रति आफू पूर्ण निष्ठावान रहेको उल्लेख गर्दै ‘अग्रजहरूको अनुभव र युवाहरूको ऊर्जा’ नै पार्टी निर्माणको ...

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलले कति पाए ?

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, कुन दलले कति पाए ?
काठमाडौं । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो परिणाम अनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख बढी मत पाइसकेको छ । अब केही मतगणना मात्रै बाँकी छ । रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत पाएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७, तेस्रो भएको एमालेले १४ लाख ४८ हजार ३१८ र चौथौ भएको नेकपाले ८ लाख ३ हजार ६२७ मत पाएको छ । यस्तै, पाँचौ भएको श्रम स...