एमालेको समग्र ध्यान संघ र प्रदेशको निर्वाचनमा केन्द्रित छः प्रदीप ज्ञवाली
चितवन । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको समग्र ध्यान मङ्सिरको निर्वाचनमा केन्द्रित भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले भरतपुरमा मङ्गलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले जनमतको हिसाबले एमाले पहिलो पार्टीमा स्थापित भएको र त्यसलाई जोगाउन अभियानमा पार्टी केन्द्रित भएको बताउनुभएको हो । उहाँले भन्नुभयो ‘पपुलर जनमत एमालेको पक्षमा छ, त्यही मतको आधारमा पहिलो पार्टी बनेको छ, हाम्रो पक्षमा जनता छन्, यही पपुलर जनमतलाई रक्षा गर्दै...