एमाले गैँडाकाेटमा सहमतिकाे सम्भावना न्यून, पर्सी मतदानकाे तयारी
गैँडाकाेट । नेकपा एमाले गैँडाकोट नगरकमिटीको नयाँ नेतृत्व चयनका लागि अन्ततः मतदाननै हुने देखिएको छ ।सहमति कायम गर्नका लागि नेतृत्वका आकांक्षीहरुलाई भोलि विहान १० वजेसम्मको समयसीमा दिइएको भएपनि हालसम्म कुनै प्रगती हुन सकेको छैन ।सहमति कायम गर्नका लागि नेताहरुले आन्तरिक छलफल गरेपनि त्यो छलफल प्रगतीतर्फ उन्मुख हुन नसकेको एमाले श्रोतले बताएको छ ।
प्रथम अधिवेशन सम्पन्न गर्न गठित निर्वाचन मण्डलका संयोजक रामुकान्त अर्यालले भोलि विहान १० वजेसम्म सहमति कायम होस भन्ने उदेश्यले समयसिम...


