×

चितवन। पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै बलमा एकल बहुमत ल्याउने बताएका छन् । ५० प्रतिशतभन्दा बढी मत समानुपातिक र ५० प्रतिशत भन्दा बढी सिट प्रत्यक्षमा ल्याउनेगरी एमाले अगाडि बढ्ने ओलीले दावी गरे ।
नेकपा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सबै पार्टीहरु मिलेर अगाडि बढे पनि नेकपा एमाले एक्लै बहुमत पुर्याउने गरी अगाडि बढेको बताए ।

चैतमा स्थानीय तहको निर्वाचन हुने भन्दै ओलीले स्थानीय तहको निर्वाचनमा अन्य दललाई धोबीले लुगा पछारेको जस्तरी पछार्नुपर्ने ओलीले बताए । आन्तरिक सुदृढिकरण गर्दै एकतावद्ध एमाले भएर अगाडि बढ्ने ओलीको भनाइ छ ।

उनले भने, “एमालेलार्ई रोक्न सक्छौ भने रोक, एमाले नारायणीको भेल जस्तै हो । एमालेलाई कसैले रोक्न सक्दैन ।” ओलीले आन्तरिक एकता कायम गर्दै अगाडि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।यो सरकार चल्दै जान्छ लुतो लागेको कुकुर जस्तै खुइलिँदै जान्छ ओलीले भने, हामीले चाहे यो सरकार सात दिनमा ढाल्न सक्छौँ तर हामी सरकार ढाल्न हतारो गर्न भन्दा जनतालाई सचेत पार्न हामी अगाडि बढ्छौँ ।

 

तपाईको प्रतिक्रिया