गैँडाकाेट । नेकपा एमाले गैँडाकोट नगरकमिटीको नयाँ नेतृत्व चयनका लागि अन्ततः मतदाननै हुने देखिएको छ ।सहमति कायम गर्नका लागि नेतृत्वका आकांक्षीहरुलाई भोलि विहान १० वजेसम्मको समयसीमा दिइएको भएपनि हालसम्म कुनै प्रगती हुन सकेको छैन ।सहमति कायम गर्नका लागि नेताहरुले आन्तरिक छलफल गरेपनि त्यो छलफल प्रगतीतर्फ उन्मुख हुन नसकेको एमाले श्रोतले बताएको छ ।
प्रथम अधिवेशन सम्पन्न गर्न गठित निर्वाचन मण्डलका संयोजक रामुकान्त अर्यालले भोलि विहान १० वजेसम्म सहमति कायम होस भन्ने उदेश्यले समयसिमा दिइएको भन्दै सो समयसम्म पनि सहमति कायम नभए निर्वाचन प्रकृया थालनी हुने उज्यालो खबरलाई जानकारी दिए ।
भोलि विहान १० वजेपछि निर्वाचन प्रकृया थालनी गरि उमेदवारहरुको मनोनयन देखि सबै निार्वचन प्रकृयाहरु सम्पन्न गरेर बुधवार विहान १० वजेदेखि मतदानको समय तय गरिने निर्वाचन मण्डलको तयारी छ ।तर यस विचमा सहमतिको ढोका भने कायम रहने बताइएको छ ।
अध्यक्ष सहित पाँच पदाधिकारीमा कसले नेतृत्व गर्ने भन्नेमा नेकपा एमाले गैँडाकोट भित्र तिव्र विवाद छ । हालका अध्यक्ष षडानन्द लामिछाने र युवा नेता गिरीराज उपाध्याय विच खास प्रतिष्पर्धा हुने देखिएको छ । लामिछानेले लगातार नगरमा ८ वर्ष नेतृत्व गरेको भन्दै अधिकांस प्रतिनिधिहरुले नयाँ नेतृत्व आउनुपर्ने तर्क अघि सारेका छन् । नगर अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि ४५६ जना प्रतिनिधिहरुले भोट हाल्नेछन् ।
अध्यक्ष पदमा हालसम्म ६ जनाले उमेदवारी दिने भन्दै निर्वाचन मण्डललाई चिट थमाएका छन् । हालका नगर अध्यक्ष षडानन्द लामिछाने, युवा नेता गिरीराज उपाध्याय, रामचन्द्र धिताल, राजु सापकोटा र यदुनाथ सिग्देलले अध्यक्षको चाहना राखेका हुन् ।पाँच जनाले अध्यक्षमा उमेदवारी दिने बताएपनि भोलिको मनोनयनमा हालका निर्वतमान अध्यक्ष षडानन्द लामिछाने र नेता गिरीराज उपाध्याय विच नै प्रतिष्पर्धा हुने देखिएको छ ।
निर्वतमान अध्यक्ष लामिछाने नेकपा एमालेका तत्कालिन नेता माधव कुमार नेपाल विचार समूहसँग नजिक रहेका थिए भने अध्यक्षका प्रत्यासी उपाध्याय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।नगर कमिटीको उपाध्यक्षमा ९ जनाले चाहना राखेका छन् । नेकपा एमालेका युवा नेता एवंम् गैँडाकोट नगरपालिका वडा नं. ५ वडा अध्यक्ष नवराज कंडेल, वडा नं.१० का अध्यक्ष देवीदत्त कंडेल , ११ का वडा अध्यक्ष गोविन्द प्रसाद सुवेदी, युवासंघका नेता होम बहादुर गुरुङ ले उमेदवारी दिने बताएका छन् ।
त्यसैगरी रेखा पौडेल, राधा पाण्डे, ओम देवकोटा र दिपक सिंखडाले उपाध्यक्ष हुने चाहना राखेका छन् । अन्तिम समयमा आएर उपाध्यक्षमा पनि मुख्यतः २जना विच नै प्रतिष्पर्धा हुने एमालेका कार्यकताहरु बताउछन् ।नगर सचिव पदमा हालसम्म तीनजनाले उमेदवारी दिने बताएका छन् । अनेरास्ववीयूका नेता कमल तिवारी, निर्वतमान नगर सचिव जगन्नाथ पौडेल र लक्ष्मण कंडेलले उमेदवारी दिने बताएका छन् ।पछिल्लो अवस्था हेर्दा भोटिङ भएको खण्डमा तिवारी र पौडेल विच प्रतिष्पर्धा हुने देखिएको छ ।
त्यसैगरी नगरको २ उपसचिव पदका लागि ९ जनाले चाहना राखेका छन् । नेत्रराज सापकोटा,प्रेम प्रसाद कंडेल,श्रीराम सुवेदी,नर बहादुर थापा,कोकीसरा राना मगर,चुडामणी अधिकारी,विमल शर्मा,हरी वराली,ख्याम नारायण लम्साल र ललित गुरुङले उपसचिवमा आउने ईच्छा राखेका छन् ।
चुनाव हुने अवस्था किन आयो ?
एकताको प्रथम अधिवेशन भनिएपनि नेकपा एमालेभित्र अहिलेपनि २ गुट प्रष्ट छ । पार्टि अध्यक्ष केपी शर्मा ओली र पार्टिका पूर्व नेता माधव कुमार नेपाल विचार समुहले अहिलेपनि एमाले विभक्त छ । माधव नेपाल पार्टि विभाजन गरेर अर्को पार्टि खोलेपनि तत्कालिन अवस्थामा माधव नेपाल समूहसँग लागेर ओलीको विचार समूहलाई प्रतिगमन भनेपछि अहिलेपनि माधव नेपालको विचार सँग नजिक भएकाहरुलाई ओलीसमूहले हेर्ने नजर फरक छ ।
एमाले गैँडाकोट नगर कमिटिमा घुुमाईफिराई पदाधिकारी सबैमा ओली र तत्कालिन नेपाल गूूट विचनै लडाई देखिएको छ । अध्यक्ष र सचिव पदमा उमेदवारी दिएका लामिछाने र पौडेलले पार्टिको नेतृत्व लगातार ८ वर्ष गरेकोले पुस्ता हस्तान्तरण गर्नुपर्ने कुरा युवासंघका जिल्ला र नगरका नेताहरुले राखेका छन् ।
तर नेकपा एमाले विचमा पार्टि एकिकरणको क्रममा एकवर्ष रुमलिएको र काम नभएको भन्दै अव चुनावको पनि मिति नजिक आएकोले पार्टिलाई थप बलियो बनाउन अव एक कार्यकाल आफुले नेतृत्व गर्न पाउनुपर्ने तर्क लामिछाने र पौडेलको छ । प्रथम नगर अधिवेशन मार्फन नयाँ नेतृत्व ल्याउनु पर्ने बाध्यता एमाले माझ छ । आफुले किन दोष लिने भन्दै जिल्ला र नगरका नेताहरु सहमतिको लागि उमेदवारका आकांक्षीहरुलाई खुलेरै त्याग गर भन्ने अवस्थामा देखिएका छैनन् । सहमति कायम गर्दै सबैलाई मिलाएर लैजान सक्ने नेतृत्व स्थापना गर्न नगर अधिवेशन सफल हुन्छ या हुुँदैन हेर्न बाँकि छ ।