बागमतीमा भोलि ३ बजेसम्म मुख्यमन्त्रीमा दावी गर्न आह्वान
हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले बहुमतको अर्को सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनुअघि नै मुख्यमन्त्री शाक्यले बुधबार प्रदेश प्रमुखसमक्ष राजीनामा दिएकी थिइन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचा...


