×

नवलपुर । विद्यार्थी नेता कमल तिवारीले नेकपा एमाले गैँडाकोट नगर कमिटीको सचिव पदमा उमेदवारीको घोषणा गरेका छन् । लामो समयदेखि नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववीयूको राजनिति गरेका तिवारीले यसपटक कार्तिक ११ गतेका तय भएको पार्टिको गैँडाकोट नगर कमिटीको प्रथम अधिवेशनमा सचिव पदमा आफुलाई उभ्याउने निधो गरेका हुन् ।

सचिवको भूमिकामा बसेर पार्टि संगठनलाई बलियो बनाउने ईच्छा छ उनले भने : “पार्टि ताल जस्तो नभएर नदी जस्तै निरन्तर बहने हुनुपर्छ” । गैँडाकोटका पार्टि संगठनलाई चलायान बनाउन आफुले विभिन्न योजनाहरु बनाएर काम गर्ने उनले बताए । युवा, विद्यार्थी, किसान सबैको साझा उमेदवारका रुपमा आफुलाई उभ्याएको भन्दै उनले सवै प्रतनिधिहरुको विश्वास जितेर अघि बढ्ने जानकारी दिए ।

११ वर्ष अघिदेखी नेकपा एमालेमा आवद्ध भएका उनि विभिन्न क्याम्पसहरुमा अनेरास्ववीयूको क्याम्पस कमिटी अध्यक्ष बनेर नेतृत्व गरेका तिवारी अखिलको पूर्व केन्द्रीय सदस्य समेत हुन् ।कार्तिक ११ गते होटल कालाबन्जरामा हुने एमाले गैँडाकोटको नगरअधिवेशनमा झण्डै २५० जना प्रतिनिधिहरु सहभागी हुने नेकपा एमालेका सचिवलाय सदस्य तथा गैँडाकोट नगरकमिटिका ईन्चार्ज यमुनाथ आचार्यले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया