एमाले गैँडाकोट ३ को अध्यक्षमा खड्क बहादुर सुनारी
गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगरपालिका वडा नं. ३ को अध्यक्षमा खड्क बहादुर सुनारी चयन भएका छन् ।वडाको आज सम्पन्न अधिवेशनले सुनारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटि चयन गरेको हो ।
पार्टिको उपाध्यक्षमा मित्रलाल सुनारी सचिवमा मानसिङ थापा, उपसचिवमा हुमबहादुर रिस्मी मगर र ठाकुर प्रसाद रिमाल रहेका छन् । ।नगरका १८ वटा वडाहरुमध्ये अव चारवटा वडाहरुमा नयाँ नेतृत्व चयन गर्न बाकि छ ।


