×

गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगरकमिटि वडा नं. १० को अध्यक्षमा यदुप्रसाद न्यूरे चयन भएका छन् । आज सम्पन्न प्रथम वडा अधिवेशनले न्यूरेको अध्यक्षताा नयाँ कमिटि सर्वसम्मत चयन गरेको राष्टिय युवासंघका सचिवालय सदस्य होम बहादुर गुरुङले उज्यालो खबरलाई जानकारी दिए ।
वडा कमिटिको उपाध्यक्षमा सुमन गैरे, सचिवमा गोविन्द पाण्डे, उपसचिवमा तुलसी कंडेल र खगेन्द्र न्यौपाने चयन भएको उनले बताए ।अध्यक्षमा न्यूरे सहित मेघराज सुवेदी, प्रेमप्रसाद कंडेल र उमानाथ लामिछानेले अडान राखेपछि कुरा मिल्न सकेको थिए ।
वडा नं. १० मा नयाँ कमिटि गठन भएसँगै एमाले गैँडाकोटमा वडा नं.२, ८ र १८ मा नयाँ नेतृत्व चयन गर्न बाकि छ । नेताहरुले आज अवेरसम्म सवै वडाहरुमा नयाँ नेतृत्वको टुगों लगाईने बताएका छन् ।

तपाईको प्रतिक्रिया