×

राजनीति

एमालेले कात्तिक ६ मा वडा अधिवेशन गर्ने

एमालेले कात्तिक ६ मा वडा अधिवेशन गर्ने
नेकपा एमालेले यही कात्तिक ६ गते देशैभरका वडाहरूमा पार्टीको अधिवेशन गर्ने भएको छ।देशका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्न लागिएको एमालेले जनाएको छ। अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा वडा अधिवेशन उद्घाटन गर्ने तयारी छ।एमालेले यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने तयारी गरेको छ। सात सय ५३ पालिकामा पार्टी कमिटीका लागि अधिवेशन गर्न लागिएको हो। एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव तथा सदस्यहरूका लागि पार्टीका तल्ला तहमा अधिवेशन गर्न लागेको छ।

तिहार लगत्तै महाधिबेशनः महामन्त्री कोईराला

तिहार लगत्तै महाधिबेशनः महामन्त्री कोईराला
चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा। शशांक कोइरालाले नेपाली काङ्ग्रेसका १४ औं महाधिबेशनको रोकिएको प्रकृया तिहार लगत्तै सुरु हुने वताउनु भएको छ । आज यहाँ पत्रकारहरु संग कुरा कानि गर्नुहुँदै उहाँ बिबाद रहेका १३ जिल्ला सहित अन्य रोकिएका जिल्लाको समेत तिहार लगत्तै अधिधबेशनको प्रकृया सुरु हुने वताउनु भएको हो । उहाँले भन्नुभयो “तिहार पछि रोकीएका जिल्लाको अधिबेशन हुन्छ । अब सार्ने सम्भावना छैन । महाधिबेशन समायमानै गर्नु पर्छ ।” १३ जिल्लामा क्रियाशिल सदस्यताको बिबाद रहेको भन्...

नेपाली काँग्रेस गैँडाकोट ५ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाली काँग्रेस गैँडाकोट ५ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
गैँडाकोट । नेपाली काँग्रेस गैँडाकोट वडा नं ५ को आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । विपी स्मृति भवन गैँडाकोटमा आयोजित उक्त कार्यक्रम नवनिर्वाचित वडा सभापति लक्ष्मण कार्कीको सभापतित्वमा सम्पन्न भएको हो । नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दीपावली, छठ, नेपाल संवत र ल्होसारलगायतका पर्वकाे अवसरमा आयाेजना गरिएकाे कार्यक्रमले भाइचारा र सामाजिक एकतालाई मजबूत बनाउने अपेक्षा कांग्रेसले लिएकाे छ । कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका  नेता एवम...

विवादित मन्त्री हमालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

विवादित मन्त्री हमालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
काठमाडौं । दुई दिनअघि उद्योगमन्त्री बनेका गजेन्द्र हमालले आज विहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् । प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाइएको भन्दै तीव्र विवाद भएपछि उनले राजीनामा दिएका हुन् । हमालले हिजो बेलुका कांग्रेस महामन्त्री शशांक कोइरालालाई भेटेर आफूले राजीनामा दिने जानकारी गराएका थिए । आफ्नो राजनीतिक योगदान हुँदाहुँदै प्रधानन्यायाधीशसँग जोडेर विवाद उब्जाइएको उनले गुनासो गरेका थिए ।

गैँडाकोटमा एमाले र माओवादी परित्याग गरि ८० जना युवाहरु कांग्रेसमा प्रवेश

गैँडाकोटमा एमाले र माओवादी परित्याग गरि ८० जना युवाहरु कांग्रेसमा प्रवेश
गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा ८० जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । तरुणदलले जिल्लाको गैँडाकोटमा आयोजना गरेको पार्टि प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा युवाहरु पार्टी प्रवेश गरेका हुन् ।नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचार सँग नजिक रहेका युवाहरु पार्टि प्रवेश गरेका हुन् । गैँडाकोट १ का युवा शिव अधिकारीको नेतृत्वमा अधिकारी सहित विशान गुरुङ, टेक बहादुर गुरुङ, भैरब गुरुङ, किशोर कुमाल, अमित वस्ती, राजु गुरुङ, माधव ज्ञवाली, लक्की सापकोटा, बि...

गैंडाकोट काँग्रेसको पद हस्तान्तरण एवं शुभकामना कार्यक्रम सम्पन्न

गैंडाकोट काँग्रेसको पद हस्तान्तरण एवं शुभकामना कार्यक्रम सम्पन्न
गैैैंडाकोट । नेपाली काँग्रेस गैंडाकोट नगर कार्यसमितिमा नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रममा सम्पन्न भएको छ। असोज १२ गते भएको गैंडाकोट नगर समितिको अधिवेशनले बद्री सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे थियाे । प्रजातान्त्रिक सेनानि संघका केन्द्रिय सदस्य तथा क्षेत्रिय प्रतिनिधि तिलक प्रसाद सापकोटाले कार्यक्रममा बोल्नुहुँदै तत्कालै स्थानीय तहको निर्वाचन आएकोले फुर्सद गरेर बस्ने अवस्था नरहेको बताउनुभयो । नवनिर्वाचित पदाधिक...

गठबन्धनका कारण पार्टीभित्रका महत्वपूर्ण नेताहरुलाई अवसर दिन सकिन : देउवा

गठबन्धनका कारण पार्टीभित्रका महत्वपूर्ण नेताहरुलाई अवसर दिन सकिन : देउवा
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरू छुटेको भन्दै दुस्ख लागेको बताएका छन् ।बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा आज देउवाले यस्तो बताएका हुन् । शुक्रबार मात्रै मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री देउवाले विस्तारित मन्त्रिपरिषद्मा पार्टी भित्रका महत्वपूर्ण नेतालाई समेट्न नसकिएको बताउँदै यो आफ्नो बाध्यता भएको ब...

देउवा खराब थिए, खराब रहने पक्का भयो : संविधानविद् आचार्य

देउवा खराब थिए, खराब रहने पक्का भयो : संविधानविद् आचार्य
काठमाडौं।संविधानविद् डा। भीमार्जुन आचार्यले शुक्रबारको मन्त्रिपरिषद विस्तारको घटना दुस्खद् र आपत्तिजनक रहेको बताएका छन्।आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पहिलेको मन्त्रिपरिषद मुलुकका लागि ठिक थिएन भन्दै यी दुबै मन्त्रिपरिषद मुलुकका लागि खराब रहेको बताए।‘यी दुबै मन्त्रिपरिषद खराब थिए, खराब नै रहने भए,’ शनिबार बिहान ट्वीटरमा लेख्दै आचार्यले भनेका छन्। शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री देउवादे प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सिफारिसमा गजेन्द्र ...

नेकपा एकीकृत समाजवादी निकट अखिल नवलपुरको संयोजकमा गिरी

नेकपा एकीकृत समाजवादी निकट अखिल नवलपुरको संयोजकमा गिरी
कावासोती । नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन नवलपुरको संयोजकमा मदन गिरी चयन भएका छ्न ।अनेरास्ववियु केन्द्रिय सचिव एवं गण्डकी प्रदेश का संयोजक ठाकुर पराजुलीले गिरीलाई संयोजकमा मनोनयन गरेका हुन । नेकपा एमालेको विभाजन सँगै एमाले निकट अनेरास्ववियुको जिल्ला अध्यक्ष रहेका पराजुली सहित गिरी नेकपा समाजवादीमा लागेका थिए । पराजुली केन्द्रिय सचिव र गण्डकी प्रदेश संयोजक भए पछि गिरीलाई जिल्ला संयोजकको जिम्मेवारी दिईएको हो ।