गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा ८० जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । तरुणदलले जिल्लाको गैँडाकोटमा आयोजना गरेको पार्टि प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा युवाहरु पार्टी प्रवेश गरेका हुन् ।नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचार सँग नजिक रहेका युवाहरु पार्टि प्रवेश गरेका हुन् ।

गैँडाकोट १ का युवा शिव अधिकारीको नेतृत्वमा अधिकारी सहित विशान गुरुङ, टेक बहादुर गुरुङ, भैरब गुरुङ, किशोर कुमाल, अमित वस्ती, राजु गुरुङ, माधव ज्ञवाली, लक्की सापकोटा, बिक्रम मगर लगायतका युवाहरु काग्रेसमा प्रवेश गरेका हुन् ।

उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि तरुण दलका पूूर्व सभापति तथा कांग्रेस नेता अमृत भट्टचनले खादा र अविर लगाएर कांग्रेसमा स्वागत गरेका थिए । तरुण दलका जिल्ला सचिव गोपाल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा काग्रेसका युवा नेता अमृत भट्टचन, गण्डकी प्रदेश तरुण विभागका सहसचिव किसान गुरुङ, शिव काफ्ले लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया