×

गैँडाकोट । नेकपा एमाले गैँडाकोटको नयाँ नेतृत्वका लागि मुख्यत: तीनजना विच प्रतिष्पर्धा हुने देखिएको छ । नगरकमिटिको यहि कार्तिक ९ गते हुने अधिवेशनमा तीनजनाविच खास प्रतिष्पर्धा हुने चर्चा एमालेजनमा छ ।नेकपा एमाले गैँडाकोटको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष षडानन्द लामिछाने, युवा नेता नवराज कंडेल र पार्टि नगरकमिटिका उपाध्यक्ष देवीदत्त कंडेल विच प्रतिष्पर्धा हुने देखिएको छ ।

हालका नगर अध्यक्ष षडानन्द लामिछाने बाहेक अध्यक्षका आकांक्षी नवराज र देवीदत्त कंडेलले पार्टिलाई सवल ढंगले अगाडि बढाउन आफ्नो अध्यक्षतामा नयाँ कमिटि बन्नुपर्ने विचार उज्यालोसँग राखेका छन् ।युवा नेता नवराज कंडेलले पार्टिलाई तालजस्तो नभई नदीजस्तै अविरल रुपमा सञ्चालन गर्न आफुसँग स्पष्ट भिजन र दृष्टिकोण रहेको बताए, युवाहरुको भावना समेटेर पार्टिलाई थप गतिसिल बनाउने धारणा उनको छ ।

अर्का नेता देवीदत्त कंडेलले नेकपा एमाले गैँडाकोटको अधिवेशन मार्फत आफुले नेतृत्व लिएर पार्टि सञ्चालन गर्ने बेला आएको बताए । हालको पार्टि उपाध्यक्षको नाताले पनि स्वतः म नै अवको अध्यक्ष हो , कंडेलले उज्यालो सँग भने ।नेकपा एमालले कार्तिक ९ गते देशभर पालिकाहरुमा अधिवेशन गर्ने निर्णय गरेसँगै गैँडाकोटमा पनि एमालेको राजनितिले माहोल तातेको छ ।

तपाईको प्रतिक्रिया