चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा। शशांक कोइरालाले नेपाली काङ्ग्रेसका १४ औं महाधिबेशनको रोकिएको प्रकृया तिहार लगत्तै सुरु हुने वताउनु भएको छ । आज यहाँ पत्रकारहरु संग कुरा कानि गर्नुहुँदै उहाँ बिबाद रहेका १३ जिल्ला सहित अन्य रोकिएका जिल्लाको समेत तिहार लगत्तै अधिधबेशनको प्रकृया सुरु हुने वताउनु भएको हो ।

उहाँले भन्नुभयो “तिहार पछि रोकीएका जिल्लाको अधिबेशन हुन्छ । अब सार्ने सम्भावना छैन । महाधिबेशन समायमानै गर्नु पर्छ ।” १३ जिल्लामा क्रियाशिल सदस्यताको बिबाद रहेको भन्दै उहाँले देखिएका समस्या समाधान गर्दै अघि वढ्ने वताउनुभयो ।

महाधिबेशनमा संस्थापन इतर समुहबाट एउटै उम्मेदवार वनाउने कसरत भईरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “छलफल भई रहेको छ । संस्थापन इतर समुहबाट एउटै उम्मेदवार वनाएर महाधिबेशनमा जान्छौ ।” आँफु, रामचन्द्र पौडेल, डा। शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको दौडमा रहेको भन्दै उहाँले आँफु बलियो उम्मेदवार रहेको बताउनुभयो ।

फरक प्रसंगमा बोल्दै उहाँले सरकारले पूर्णता पाए संगै बिकास निर्माणका कामहरुलाई तिव्रता दिईने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “अहिलेको सरकार गठवन्धनको सरकार हो । यसले पूर्णता पाएको छ । अब राम्रो काम गर्छ ।”

तपाईको प्रतिक्रिया