गैँडाकोट । नेकपा एमाले गैँडाकोटको मतगणना जारी रहेको छ । अध्यक्ष पदमा षडानन्द लामिछानेलाई अग्रता मिलेको छ । २३८ मत गणना सकिदा लामिछानेले १२८ मत प्राप्त गर्नुभएको छ । अर्का उम्मेदवार गिरीराज उपाध्यायले ९७ मत प्राप्त गर्नुभएको छ ।
सह सचिव पदमा श्रीराम सुवेदीले अग्रता लिनुभएको छ । उहाँले १३० मत प्राप्त गर्नुभएको छ । त्यस्तै विमल शर्माले ५९, नरबहादुर थापाले ६७, कोकिसरा रानामगर ९३  र खेमनारायण लम्सालले ६६ मत प्राप्त गर्नुभएको छ ।
अध्यक्ष र सह सचिव चयनका लागि भएको मतदानमा ४३९ जनाले मतदान गरेका छन् । जम्मा ४५० मध्ये ४३९ मत खसेको निर्वाचन समितिका संयोजक रामुकान्त अर्यालले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया