×

नवलपुर । आगामी मंसिर २४ गतेदेखि राजधानी काठमाडौंमा हुने नेपाली काँग्रेसको १४ औं  राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि नवलपुरका काँग्रेस युवा नेता शिवराज काफ्लेले उमेद्वारी घोषणा गरेका छन् ।लामो समयदेखि नवलपुरको गैँडाकोट १ मा रहेर पार्टिका विभिन्न भुमिकामा रहेर काम गर्दै आएका नेता काफ्लेले १४ औं महाधिवेशनमा नवलपुर क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा  (खस आर्य तर्फबाट) उमेदवारी दिने बताएका हुन् ।

नेपाली काँग्रेसलाइ बलियो बनाउन मैले उमेदवारी दिने घोषणा गरेको छु नेता काफ्लेले भने : काँग्रेसलाई बलियो बनाउन र विगतमा गुमेको विरासतलाई जोगाउन मैले उमेदवारी दिनेछु ।काफ्लेले उमेदवारी दिने घोषणा गरेसँगै युवाहरु उत्साहित भएका छन् ।

समाजसेवामा  लामो समयदेखि सकृय रहेका नेता काफ्ले युवाहरुमाझ लोकप्रिय मानिन्छन् ।उनि नेपाली काँग्रेस गैँडाकाेट नगरसमिति वडा नं १ का निवर्तमान सभापति समेत हुन् ।

तपाईको प्रतिक्रिया