×

नवलपुर । नवलपुर क्षेत्र नं १ का सांसद समेत रहेका नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको आगामी १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा गरेका छन् ।आज सङ्खुवासभा आउने क्रममा तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताएका हुन् ।

पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनको भनाइ थियो । उनले सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने बताए ।नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको उनको भनाइ थियो । कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने दाबी समेत गरे ।

तपाईको प्रतिक्रिया