कावासोती । नेकपा एमाले नवलपुरबाट पार्टिको १० औं राष्टिय महाधिवेशनका लागि छनौट भएका २० जना महाधिवेशन प्रतिनिधिहरुलाई बधाई सहित प्रमाणपत्र वितरण गरिएको छ ।
सदरमुकाम कावासोतीमा आईतबार दिउसो एक कार्यक्रमका विच जिल्ला ईन्चार्ज तिलक बहादुर महत तथा पार्टिका केन्द्रीय सदस्य रविन्द्र अधिकारीले सर्वसम्मत छनौट भएका सबै प्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
नेकपा एमाले नवलपुरले शनिवार जिल्लाबाट प्रतिनिधित्व गर्ने २० जनाको नामावली सर्वसम्मत टुगांउन सफल भएको थियो ।

तपाईको प्रतिक्रिया