×

नवलपुर । मंसिर ३ गतेका लागि तय भएको नेपाली कांग्रेस नवलपरासी ( बर्दघाट सुस्तापुर्व) प्रदेश सभा क्षेत्र नं. १ (क) क्षेत्रीय कार्यसमितिका लागि युवा नेता गोपाल प्रसाद सापकोटाको नेतृत्वमा प्यानलको घोषणा गरिएको छ । केहिदिनअघि तारापती खरेलको नेतृत्वमा डा शंसाक कोईराला समुहले प्यानलको घोषणा गरेपछि त्यसको जवाफमा कांग्रेस नेता महेन्द्रध्वज जिशी समुहले पनि आफ्नो प्यानलको घोषणा गरेको हो ।

गैँडाकोटको गैँडाकोट रिर्सोटमा आयोजित प्यानल घोषणा कार्यक्रममा काँग्रेसका पाका नेता महेन्द्रभक्त अधिकारी प्रमुुख अतिथि र पुर्व सांसद महेन्द्रध्वज जिशी विशिष्ट अतिथि रहेका थिए । युवाहरुलाई नेतृत्वमा लैजानुपर्ने भन्दै गोपाल सापकोटाको नेतृत्वमा प्यानलको घोषणा गरिएको सापकोटा प्यानलका सदस्यहरुले बताएका छन् ।

सहभागिहरुलाई स्वागत गर्दै काँग्रेस नेता खेमराज सापकाेटाले गाेपाल सापकाेटा प्यानलकाे जित भैसकेकाे भन्दै यसलाई चुनावकाे दिनले टुङ्गाे लगाउने बताए । साँझदेखिनै तपाईहरु मध्ये धेरैलाई तँ किन गएकाे ? भनेर फोन आउन सक्छ विभिन्न प्रलाेभनहरु आउन सक्छन, ख्याल गर्नुहाेला उनले भने ।

गोपाल प्रसाद सापकोटा सभापति रहेको प्यानलमा सुरेन्द्र तिवारी र मञ्जुदेवी पौडेल उपसपभापतिमा उभ्याइएको छ । त्यसैगरी कार्यसमितिको सचिवमा बुद्धिनाथ घिमिरे र परमेश आचार्य रहेका छन् भने सहसचिवमा खगेश्वर गौडेल र करुणाकर पौडेल रहेका छन् ।
प्रदेश अधिवेशन प्रतिनिधि प्रत्यक्षतर्फ बेद प्रसाद गौडेल, घनश्याम कंडेल, राजेन्द्रप्रसाद उपाध्याय, विष्णुप्रसाद गौतम, प्रेमप्रसाद सापकोटा(राजु), केशवराज मिश्र, प्रेम बहादुर थापा, जानकी लक्ष्मी आचार्य, सत्यदेवी पौडेल र भागीरथी सुवेदी रहेका छन् ।

यसैगरी खस आर्य तर्फ खगराज आचार्य, लक्ष्मी लामिछाने अचार्य र अनन्त कंडेल रहेका छन् भने आदिवासी जनजाति तर्फ देव बहादुर थापा र छलिमाया सोती मगर छन् । त्यसैगरी अल्पसंख्यक र दलित तर्फ इन्द्र बहादुर दराई र प्रकाश परियार (माईला) रहेका छन ।

प्यानल घोषणा कार्यक्रममा नेपाली काग्रेसका पुराना नेता ओम सापकोटा,खेमराज सापकाेटा, युवा नेता अमृत भट्टचन, हाेमराज रानाभाट गणेश सापकोटा , दाताराम घिमिरे, काँग्रेस गैँडाकोट वडा नं. ५ का सभापति लक्ष्मण कार्की, वडा नं. २ का सभापति नारायण सापकोटा, वडा नं. ४ का सभापति कृष्ण पराजुली, वडा नं. १७ का सभापति रत्न बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

नयाँ नेतृत्व चयनका लागि गैँडाकाेट नगरपालिकाका १८वडा,  देवचुली नगरपालिका वडा न‌ं १६ र १७ तथा  बुलिङ्गटार गाउँपालिकाका तीनवटा वडाहरुबाट छनौट भएका करिव ५८० प्रतिनिधिहरुले मतदान गर्नेछन ।

 

तपाईको प्रतिक्रिया