गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
गैँडाकोट- नवलपुर–चितवन क्षेत्रकै प्राविधिक शिक्षामा ऐतिहासिक फड्को मार्दै गैँडाकोटमा पहिलोपटक काठमाडौँ विश्वविद्यालय (KU) बाट सम्बन्धन प्राप्त ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (BIT) कार्यक्रम भित्रिएको छ । गैँडाकोट–५ मा यसै वर्षदेखि सञ्चालनमा आएको नयाँ र अत्याधुनिक शैक्षिक संस्था एन.आई.टी. (NIT) कलेजले आज एक विशेष पत्रकार सम्मेलनको आयोजना गरी शैक्षिक सत्र २०२६ का लागि भर्ना औपचारिक रूपमा खुला भएको घोषणा गरेको हो ।
आजको प्रतिस्पर्धात्मक बजारमा केवल शैक्षिक प्रमाणपत्र मात्र ...


