×

नवलपुर विशेष

बहालवाला सांसद राजन गौतमलाई हराउँदै रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बहालवाला सांसद राजन गौतमलाई हराउँदै रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन् । पोखरामा सम्पन्न प्रदेश अधिवेशन अन्तर्गत भएको निर्वाचनमा अन्य तीन प्रतिस्पर्धीलाई पराजित गर्दै त्रिपाठी सभापतिमा चुनिएका हुन् । यसअघि त्रिपाठी सोही प्रदेश कमिटीको महामन्त्रीको जिम्मेवारीमा थिए । त्रिपाठीले २३४ मत प्राप्त गरी विजयी हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी राजन गौतमले १८२ मत मात्रै प्राप्त गरे । पराजित गौतम निवर्तमान प्रदेश सभापति हुनुका साथै नवलपुर क्षेत्र नं. ...

रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी
नवलपुर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुर जिल्ला समितिको सभापतिमा दोमन बहादुर भण्डारी निर्वाचित भएका छन्। जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा कुल ४३३ मत खसेको थियो। निर्वाचन परिणामअनुसार भण्डारीले १४२ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी गोकुल सापकोटाले १३९ मत प्राप्त गरे भने कृष्ण शर्माले १३६ मत ल्याए। तीन उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको निर्वाचनमा भण्डारी ३ मतान्तरले विजयी बनेका हुन्। यस्तै, उपसभापतिमा जगबहादुर राना, सचिवमा सुदीप न...

को हुन् गोकुल सापकोटा ?

को हुन् गोकुल सापकोटा ?
नवलपुर । राजनीतिक परिदृश्य फेरिने क्रमसँगै नवलपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांगठनिक सरगर्मी ह्वात्तै बढेको छ। यसै राजनीतिक मोडमा रास्वपा नवलपुरको सभापति पदका लागि गैँडाकोट घर भएका अनुभवी नेता गोकुल सापकोटा बलियो उम्मेदवारका रूपमा अगाडि आएका छन्। लामो समय परम्परागत राजनीतिमा रहेर जनताको सुख-दुःखमा भिजेका सापकोटाको उम्मेदवारीले अहिले जिल्लाभरि नयाँ तरंग पैदा गरेको छ। लामो राजनीतिक तथा सामाजिक पृष्ठभूमि बोकेका सापकोटा केवल राजनीतिमा मात्र सीमित छैनन्। सामाजिक स...

सहमति भएन, अब भोटबाटै फैसला ! रास्वपा नवलपुरको सभापति बन्न ६ नेता मैदानमा

सहमति भएन, अब भोटबाटै फैसला ! रास्वपा नवलपुरको सभापति बन्न ६ नेता मैदानमा
नवलपुर।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरको प्रथम जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कावासोतीस्थित स्वस्तिक बैङ्क्वेटमा जारी अधिवेशनले जिल्लाको नयाँ कार्यसमिति चयन गर्नेछ। निर्वाचन समितिका अनुसार मतदान आज बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म चल्नेछ भने मतदान सम्पन्न हुनासाथ आजै मतगणना सुरु गरिनेछ। यस ऐतिहासिक प्रथम अधिवेशनमा जिल्लाभरिबाट चुनिएका  प्रतिनिधिहरूले मतदानमा भाग लिँदैछन्। जिल्ला सभापति पदका लागि ६ जना नेताहरू चुनावी मैदान...

रास्वपा नवलपुर जिल्ला अधिवेशन आज, प्रतिनिधि छनोटमा विवाद चर्कियो

रास्वपा नवलपुर जिल्ला अधिवेशन आज, प्रतिनिधि छनोटमा विवाद चर्कियो
नवलपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरको जिल्ला अधिवेशन आज हुने तय भए पनि प्रतिनिधि छनोट प्रक्रियामा देखिएको विवादका कारण अधिवेशन अन्योलमा परेको छ। सुरुमा करिब ५०० प्रतिनिधिको नामावली सार्वजनिक गरिएकोमा पछि ९२१ जनाको सूची सार्वजनिक गरिएको थियो। त्यसपछि पुनः ७५० प्रतिनिधिको नामावली सार्वजनिक भएपछि कार्यकर्ताबीच असन्तुष्टि र विवाद बढेको छ। प्रतिनिधिको संख्या र नामावली पटक–पटक परिवर्तन गरिनुले छनोट प्रक्रियाको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठेको ...

गैंडाकोट पम्पिङ स्किममा चुनावी महासंग्राम, अध्यक्षदेखि संस्थापकसम्म मैदानमा

गैंडाकोट पम्पिङ स्किममा चुनावी महासंग्राम, अध्यक्षदेखि संस्थापकसम्म मैदानमा
गैंडाकोट । गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ७औँ अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आगामी जेठ ३० गते निर्वाचन हुँदैछ। निर्वाचन नजिकिँदै जाँदा संस्थाभित्र चुनावी सरगर्मी बढेको छ भने नेतृत्व चयनमा सकेसम्म सहमति कायम गर्ने प्रयास पनि तीव्र बनेको छ। सहमतिमै नेतृत्व चयन गर्नुपर्ने आवाज बढ्दै गएपछि विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा संस्थासँग सम्बन्धित सरोकारवालाहरू समेत छलफलमा जुटिरहेका छन्। संस्थाको अध्यक्ष पदमा वर्तमान अध्यक्ष कृष्णप्रसाद न्यौपान...

जगदिश्वर उपाध्याय बने नवलपुरका नयाँ सीडीओ!

जगदिश्वर उपाध्याय बने नवलपुरका नयाँ सीडीओ!
नवलपुर । नवलपुर जिल्लाको प्रशासनिक नेतृत्वमा हेरफेर भएको छ। जिल्ला प्रशासन कार्यालय नवलपुरमा कार्यरत प्रमुख जिल्ला अधिकारी (सीडीओ) भविश्वर पाण्डेको जिल्ला प्रशासन कार्यालय पाल्पामा सरुवा भएको छ। गृह मन्त्रालयले यही जेठ १३ र २२ गते गरेको १८ जना सहसचिवहरूको सरुवा तथा पदस्थापनको निर्णयअनुसार पाण्डेको पाल्पा सरुवा भएको हो। पाण्डे पाल्पा प्रस्थान गरेसँगै नवलपुरको नयाँ कमान्ड सम्हाल्न सहसचिव जगदिश्वर उपाध्याय आउने हुनुभएको छ। नयाँ सीडीओका रूपमा आउन लाग्नुभएका उपाध्याय यसअघि जिल्ल...

ग्लोबल आईएमई बैंक र क्लीनअप नेपालद्वारा गैँडाकोट नगरपालिकालाई डस्टबिन सहयोग

ग्लोबल आईएमई बैंक र क्लीनअप नेपालद्वारा गैँडाकोट नगरपालिकालाई डस्टबिन सहयोग
गैँडाकोट। ग्लोबल आईएमई बैंक लिमिटेडको मुख्य वित्तीय सहयोग र क्लीनअप नेपालको कार्यान्वयनमा सञ्चालित 'ग्लोबल ग्रीन स्कुल प्रोग्राम' अन्तर्गत गैँडाकोट नगरपालिकालाई तीन थान मेटल डस्टबिन  सहयोग स्वरूप प्रदान गरिएको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सो परियोजनालाई आर्थिक सहयोग नगरपालिकालाई हस्तान्तरण गरियो। कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले वातावरणीय स्वच्छताका लागि स्कुल तहदेखि नै सञ्चालित यस्ता कार्यक्रम र प्राप्त सहयोगले न...

हिजो लौरो टेकेर मत मागेका तिलबहादुरले कसरी बदले गाउँको रूप ? 

हिजो लौरो टेकेर मत मागेका तिलबहादुरले कसरी बदले गाउँको रूप ? 
गैँडाकोट – हातमा एउटा बलियो लौरो। आङमा पसिनाले भिजेको दौरा। उकाली-ओराली र भञ्ज्याङहरू छिचोल्दै गर्दा उनको मनमा एउटै हुटहुटी थियो– ‘यो भूगोलको अँध्यारो र गरिबीलाई जसरी पनि बदल्नुछ।’ यो दृश्य २०७४ सालको स्थानीय तह निर्वाचन ताकाको हो। गैँडाकोट नगरपालिका वडा नम्बर १८ का तिलबहादुर चितौरे जब पहिलोपटक चुनाव लड्न तम्सिए, तब गाउँको अवस्था निकै दयनीय थियो। न हिँड्ने ओभानो बाटो थियो, न साँझ परेपछि घर उज्यालो पार्ने बिजुलीबत्ती। त्यतिबेला भोट माग्दै गाउँ पसेका तिलबहादुरलाई स्थानीय जनताल...