×

नवलपुर विशेष

गैँडाकोट १८ मा ५०% अनुदानमा हाते ट्रयाक्टर र मिल वितरण

गैँडाकोट १८ मा ५०% अनुदानमा हाते ट्रयाक्टर र मिल वितरण
गैँडाकोट- नवलपुरको गैँडाकोट नगरपालिका वडा नम्बर १८ ले वडाका किसानहरूका लागि ५० प्रतिशत अनुदानमा कृषि औजार हस्तान्तरण गरेको छ। वडा कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार वडाभित्रका ८ जना किसानलाई हाते ट्रयाक्टर (मिनी टेलर) र २ जना किसानलाई कुटानी-पिसानी मिल वितरण गरिएको हो। कृषि कार्यलाई सहज र आधुनिक बनाउने उद्देश्यले आयोजित वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष तिल बहादुर चितौरे मगरले गाउँमा काम गर्ने मान्छे नहुँदा जमिन बाँझो रहने समस्या बढ्दै गएकाले प्रविधिको सहारा लिनु...

चुनौती चिर्दै विकासतर्फ बुलिङटार: २०८४ वैशाखभित्रै तयार हुँदैछ चारतले पालिका भवन

चुनौती चिर्दै विकासतर्फ बुलिङटार: २०८४ वैशाखभित्रै तयार हुँदैछ चारतले पालिका भवन
पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा अवस्थित बुलिङटार गाउँपालिकामा यतिबेला नयाँ उत्साह छाएको छ। स्थानीय तह गठन भएको झण्डै ९ वर्षपछि गाउँपालिकाको आफ्नै अत्याधुनिक प्रशासनिक भवन निर्माण कार्यले तीव्र गति लिएको छ। जिल्लाका अन्य पालिका यसअघि नै आफ्नै भवनमा सरिसकेको अवस्थामा ढिलै भए पनि बुलिङटारले आफ्नै जगमा विकासको नयाँ इँटा थप्न लागेको हो। गाउँपालिकाका अध्यक्ष इन्जिनियर दीपेन्द्र सुनारीका अनुसार भ्याटसहित कुल २ करोड ९५ लाख ८८ हजार ८७४ रुपैयाँको लागतमा यो गौरवको आयोजना अगाडि बढेको ...

रास्वपा नवलपुरको कमान्ड सम्हाल्ने दौडमा गोकुल सापकोटा

रास्वपा नवलपुरको कमान्ड सम्हाल्ने दौडमा गोकुल सापकोटा
नवलपुर - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन आगामी जेठ २४ गते कावासोतीमा हुने निश्चित भएको छ। पार्टीको केन्द्रीय कार्यतालिका अनुसार हुन गइरहेको यस अधिवेशनले जिल्लाको नयाँ नेतृत्व चयन गर्ने भएकाले यतिबेला स्थानीय राजनीति गर्माएको छ। अधिवेशनको मिति नजिकिँदै गर्दा पार्टीको पहिलो जिल्ला सभापति बन्नका लागि नेताहरूबीच दौडधुप र लबिइङ तीव्र बनेको छ। रास्वपा नवलपुरको आगामी नेतृत्वका लागि मुख्य रूपमा गोकुल सापकोटा...

कालीगण्डकी नदीमा डुबेर गैँडाकोटका एक युवक बेपत्ता

कालीगण्डकी नदीमा डुबेर गैँडाकोटका एक युवक बेपत्ता
गैँडाकोट - देवघाट गाउँपालिका वडा नं. २ स्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नगरपालिका वडा नं. ५ घर भएका १८ वर्षीय स्मिथ लामिछाने रहेका छन् । सोमबार दिउँसो आफ्ना तीनजना साथीहरू सहित नदीमा पौडी खेल्न गएका लामिछाने दिउँसो ३ बजेदेखि नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । साथीहरूसँगै पौडी खेल्ने क्रममा अचानक नदीले बगाएर बेपत्ता भए लगत्तै स्थानीय र सुरक्षा निकायलाई खबर गरिएको थियो ...

नवलपुरमा १२ लाख बढी मूल्यको विदेशी मदिरा नियन्त्रणमा

नवलपुरमा १२ लाख बढी मूल्यको विदेशी मदिरा नियन्त्रणमा
कावासोती | नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा प्रहरीले भन्सार छलेर ल्याइँदै गरेको लाखौँ मूल्यको अवैध विदेशी मदिरा बरामद गरेको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका वडा नं. १६ डण्डामा खटिएको प्रहरी चेकिङ टोलीले उक्त मदिरा नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख १०५१ नम्बरको बसलाई शंका लागेर जाँच गर्दा उक्त अवैध सामान फेला परेको हो। बसभित्र बिना बिल-भरपाई लुकाई-छिपाई राखेको अवस्थामा नामी...

देवचुलीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

देवचुलीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते
गैंडाकोट। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुलीमा बुधबार बेलुकी दुईवटा मोटरसाइकल एक-आपसमा ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार जेठ १३ गते बेलुकी १९:३० बजेको समयमा देवचुली नगरपालिका वडा नं. १७ स्थित झरहीखोला पूर्व-पश्चिम राजमार्गमा उक्त दुर्घटना भएको हो । नारायणगढबाट कावासोतीतर्फ आउँदै गरेको बा.प्र.०२-०१६ प ९६१८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको लु.प्र.०१-०११ प ९९९१ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर सडकमै ...

नवलपरासीमा भारतीय बस दुर्घटना, ६ जना घाइते

नवलपरासीमा भारतीय बस दुर्घटना, ६ जना घाइते
नवलपरासी (पूर्व) । नवलपरासी (पूर्व) को बिनयी त्रिवेणी गाउँपालिकामा गुडिरहेको यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना भारतीय महिला घाइते भएका छन् । आज दिउँसो अन्दाजी ४:०० बजेको समयमा बिनयी त्रिवेणी गाउँपालिका वडा नं. २, घ्यूखोला स्थित पूर्व-पश्चिम राजमार्गमा भारतबाट काठमाडौंतर्फ आउँदै गरेको UP62DT 2780 नम्बरको यात्रु बस अचानक ब्रेक फेल भई दुर्घटना भएको हो । दुर्घटनाका बेला बसमा ३५ जना यात्रु सवार थिए । दुर्घटनामा परी भारतको महाराष्ट्र बस्ने ६२ वर्षीया सुशिला निगोत, ६९ वर्षीया सुश...

गैँडाकोटमा ट्रयाक्टरको नयाँ भाडादर निर्धारण

गैँडाकोटमा ट्रयाक्टरको नयाँ भाडादर निर्धारण
गैँडाकोट-  गैँडाकोट नगरपालिकाले नगर क्षेत्रभित्र कृषि कार्यका लागि प्रयोग हुने ट्र्याक्टरको नयाँ भाडादर तोकेको छ। कृषि प्रयोजनका लागि गरिने खनजोत र चुटानी कार्यको सेवा शुल्कमा एकरूपता ल्याउन नगरपालिकाले यस्तो निर्णय गरेको हो। नगरपालिकाको १४ औँ नगर कार्यपालिका बैठकले कृषक र ट्र्याक्टर सञ्चालक दुवैको हितलाई ध्यानमा राख्दै नयाँ दररेट पारित गरेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिनुभयो। नयाँ व्यवस्था अनुसार अब कल्टिभेटर र हाईरो वा तावा हलोबाट खेत जोतेको प्रत...

सांसद निशा डाँगीको प्रश्न– ‘हामी बस्ने कुर्सी कुन देशबाट आयात गरिएको काठको हो ?’

सांसद निशा डाँगीको प्रश्न– ‘हामी बस्ने कुर्सी कुन देशबाट आयात गरिएको काठको हो ?’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले प्रतिनिधि सभा र नयाँ संसद् भवनमा प्रयोग हुने भौतिक संरचनाको परनिर्भरतामाथि गम्भीर प्रश्न उठाएकी छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद डाँगीले सभामुख र सांसदहरू बस्ने कुर्सी कुन देशबाट आयात गरिएको काठबाट बनेको हो भन्दै सरकारको जवाफ माग गरेकी हुन् । उनले अघिल्लो कार्यकालदेखि नै आफूले यो प्रश्नको उत्तर खोजिरहेको समेत जानकारी गराइन् । बैठकमा विशेष समय लिएर बोल्दै उनले भनिन्, ‘दुई–तीन वर्ष पछि ह...